दोहा / गैरआवासीय नेपालि संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको नवौं राष्ट्रिय महाधिवेशन जुलाई १६ अर्थात भोलि ( शुक्रबार ) हुने भएको छ ।
बिगतका बर्षहरुमा नेपाली दूतावास दोहा कतारको सभाहलमा भौतिक रुपमा उपस्थिति जनाएर सम्पन्न भएपनि यो पाली कोरोनाको कारण भर्चुअलको माध्यमबाट नवौं अधिबेशन सम्पन्न हुन लागेको हो ।
महासचिव पदम गिरिले एक सूचना जारी गर्दै यही जुलाई १६ मा महाधिवेशन हुने भएकाले कतारमा स्थापित सम्पूर्ण संघ संस्था, प्रमुख तथा प्रतिनिधिहरू साथै पञ्जिकृत सदस्यहरु सबैमा सहभागितका लागि अनुरोध गरेका छन् ।
यो पाली एनआरएनए कतारको कार्यसमिति पदको लागि र आइसिसी सदस्यहरुको निम्ति भोटिङ रहनेछैन,सबैपदमा सर्वसम्मत चयन भैसकेको जनाइएको छ ।
जसमध्ये आइसिसी सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का, अर्षद हुसेन मु, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, तेज कटुवाल, मदसिर नजर रहेका छ्न । ।
त्येस्तै अध्यक्षमा मोहम्मद मुक्तता मुसलमान, त्येसैगरि प्रथम उपाध्यक्षमा जैवी राई, द्धितीय उपाध्यक्षमा प्रेम चलाउने,महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिव पदम गिरी, सचिवमा रबिन थापा मगर र दीप जङ्ग शाह, कोषाध्यक्ष बिनोद प्रसाद बसौला, सह- कोषाध्यक्ष बालकृष्ण न्यौपाने, महिला संयोजकमा नानु घले ब्लोन, युवा संयोजकमा डेक ब.भारती ` सुमन ´ सहमतीय अनुसार चयन भै सकेका छ्न ।
त्येस्तै एनसीसी लेखासमिति संयोजकमा सन्तोष रेग्मी, सदस्यहरूमा टिकाराम गौतम (अमित) र गणेश भट्ट रहेका छ्न भने कार्यसमिति सदस्यहरूमा सेवक बिक, खड्का बहादुर फागो, ओम बहादुर क्षेत्री (सन्तोष), सविन्द्र श्रेष्ठ, तारानाथ बास्तोला, नारायण प्रसाद ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, विष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद ईन्जाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, राम बाबु यादव, अगन्धर देवकोटा र मोहम्मद मेराजुद्दिन छ्न ।