बागमती प्रदेश- काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकाद्वारा कृषि ब्यवसाय प्रबर्द्धनका लागि अनुदान बितरण गरिएको छ।
गोकर्णेश्वर नगरपालिका आर्थिक बिकास संयोजक मनोज कुमार ढुंगानाको सभापतित्व तथा नगरपालिकाका मेयर सन्तोष चालिसेको को प्रमुख आतिथ्यतामा भएको हो भने बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका उप मेयर शान्ती नेपाल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य लगाएतको उपस्थिति रहेको थियो।त्यसैगरि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख बिजय राज आचार्य,वडा अध्यक्षहरुमा राम मानन्धर ,कृष्ण बहादुर पन्डित,राजेन्द्र कुमार भन्डारी,श्री कुमार श्रेष्ठ ,नारायण बहादुर सुवेदी,रमेश अर्याल,केशब गुरुङ,राजिब थापा,नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगाएत नगरपालिका अन्तर्गतका वडाका वडा सदस्यहरु,विभिन्न राजनितीक जनप्रतिनिधिहरु, शाखा प्रमुखहरु ,अधिकृतहरू लगाएत स्थानीय नगरबासी लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
"समृद्ध गोकर्णेश्वर,हाम्रो अभियान" को मुल नारा रहेको गोकर्णेश्वर नगरपालिकाले आफ्ना नागरिकको सुसम्पन्न बनाउन शिक्षा ,स्वास्थ्य,खेलकुद,रोजगारी,कृषी लगाएत विभिन्न क्षेत्रलाई बिशेष ग्राह्यतामा राखी काम गर्दै आएको छ।यसैक्रममा नगरपालिकालाई कृषि उत्पादन तथा प्रबर्द्धन गर्न र नागरिकलाई कृषिमा आवद्ध बनाई कृषि पेसामा सक्षम र सवल बनाउन विशेष भुमिका खेल्दै आएको छ।
यहि क्रममा नगरपालिकाले गत असार २४ गते बिहीवारका दिन पिस बाङ्क्वेट जोरपाटी ओरालोमा एक कार्यक्रमको आयोजना गरि करिब ५८ जना कृषकलाई अनुदान स्वरुप नगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेको हातबाट ५८ जना कृषकलाई अनुदान स्वरूप चेक हस्तान्तरण गरिएको छ।
आर्थिक बिकास शाखा प्रमुख दिपक थापाद्वारा संचालित अनुदान बितरण कार्यक्रममा मेयर सन्तोष चालिसे बोल्दै गोकर्णेश्वर नगरपालिकालाई कृषीको पकेट क्षेत्रको पहिचान गर्दै गाई,बाख्रा, कुखुरा,सब्जी,कौसी खेती लगाएत विभिन्न क्षेत्रमा कृषिमा प्रोत्साहन गर्दै सक्षम बनाउन नगरपालिकाले अनबरत रुपमा कार्य गर्दै आएको बताए।कृषकलाई प्रोत्साहन स्वरुप विभिन्न औजार,बीउ बिजन,मल लगाएत गरि करिब तीन करोड को बजेट वितरणबाट गरिएको बताए भने आधुनिक कृषि तिर उन्मुख बनाउदै काम गर्ने र नगर्ने कृषकको पहिचान गरि अनुदान दिने बताए।