बागमती प्रदेश - गोकर्णेश्वर नगरपालिका वडा ६ स्थित नारायणटारमा खगेन्द्र नवजिवन बिशेष शिक्षा माध्यामिक बिद्यालयका १४७ जना विद्यार्थीलाई खाध्य सामाग्री बितरण गरिएको छ।
गरिबी उन्मुलनका लागि चाईना फाउन्डेसन संस्थाले सफा सुनौलो नेपाल संस्था संग समन्वय गरि राहत बितरण कार्यक्रम गरेको हो।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे , वडा न ६ का वडा अध्यक्ष रमेश अर्याल,CFPA का कन्ट्री डिरेक्टर
Zou Zhiquing को उपस्थितिमा कोरोना भाईरसको दोस्रो लहर संगै सरकारद्वारा जारी लकडाउनका कारण रोजगारी मजदुरी गुमेर समस्यामा परेका ४ वटा बिद्यालयका बालबालिका तथा गरिब बिपन्न बर्गका ४५७ जना ब्यक्तिहरुलाई अत्यावस्यक खाध्यान्न सामाग्रीहरु बितरण गरिएको भएको हो।
संस्थाले बागमति प्रदेशका काठमाण्डौ, ललितपुर ,टोखा, कृतिपुर, प्रदेश न २ का धनुषा,सर्लाही लगाएतका क्षेत्रका निम्न आयश्रोत भएका करिब एक लाख पिडितहरुलाई राहत बितरण गर्ने योजना रहेको बताएको छ भने प्रथम चरणमा उपत्यका कोभिड १९ द्वारा अत्यधिक रुपमा प्रभावित दस भन्दा बढी क्षेत्रहरु क्षेत्रपाटी,दक्षिण काली फर्पिङ लगाएतका ठाउँमा अक्सिजन स्टेसन,निशुल्क आइसोलेसन सेन्टर ,औषधि उपचार लगाएत सहयोग गर्ने छ भने तत्पश्चात सर्लाही र धनुषामा गरिनेछ।
उक्त राहत बितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बोल्दै सि एफ पि ए ले नेपालको स्थानिय सरकारलाई सहयोग गर्दै कोभिड -१९को विषम परिस्थितिमा गरेको सहयोग अत्यन्तै सह्रानिय रहेको बताएका छन। भुकम्पका समयदेखी निरन्तर रुपमा कोभिड -१९ को विषम परिस्थितिमा पनि सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए।
त्यसैगरी संस्थाकी कन्ट्री डिरेक्टर Zou Zhiquing ले बोल्दै करिब ६ बर्षदेखी नेपाल र नेपालीका हरेक दुझ सुखमा साथ दिन पाएकोमा खुशी ब्यक्त गर्दै विभिन्न प्रकोपहरुमा सहयोग गर्दै आएको बताउदै जस्ले चीन र नेपालको सम्बन्ध निरन्तर रहिरहने बताएकी थिइन भने बिद्यालयका तर्फबाट चिनको सहयोगमा बिद्यार्थि भाइ बहिनिहरुलाई राहत सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए।
कोभिड -१९ लाई समयमै कन्ट्रोल गर्न सफल चिन र नेपालमा सि एफ पि ए संस्थाले महामारीलाई नियन्त्रण गर्न अहम भुमिका खेल्दै आएको छ।