लिम्बुवानको ताप्लेजुङ जिल्ला, मेरिङ्देन ३ दोभानका आगलागी पिडित हरुलाइ संघीय लिम्बुवान मञ्च नेपाल ले ९,७८,३१० नेपाली रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
लिम्बुवान मञ्च नेपाल अन्तरगतका प्रवास कार्यसमिती संघीय लिम्बुवान सामाजिक कतार, बेलायत, इजरायल, मलेसिया,कोरिया र बहराइन द्वारा दोभान आगलागी प्रभावित ५६ घर धुरि लाई प्रती घर रु १७,००० का दरले केन्द्रिय अध्यक्ष कुमार लिङ्देन को हस्तवाहुली बाट राहत प्रदान गरिएको हो।
उक्त राहत संघीय लिम्बुवान सामाजिक मञ्च कतारबाट १,३७,८६५ बेलायत (युके) ५,३६,७०० इजरायल १,८०,७४५ बहराइन ५३,००० कोरिया ३०,००० र मलेसिया बाट १०,००० गरि जम्मा संकलित रकम ९,७८,३१० रुपैयाँ वितरण गरिएको हो।
राहत वितरण कार्यक्रममा अध्यक्ष कुमार लिङ्देन मिराक, उपाध्यक्ष तथा प्रदेश १ का माननीय बिष्णुमाया तुम्बाफाङ्फे,प्रवास समिती युकेका उपाध्यक्ष सर्मिला याक्सो चोङ्बाङ, राहत संकलन समितिका संयोजक इन्दिरा मेन्याङबो लगायत केन्द्र र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो।