सन्तोष के.सी / प्रवासी नेपाली एकता मञ्च कतारको मातहतको ४ नम्बर नगर कमिटी अल्खोरको अध्यक्षमा रामजी अधिकारी चयन भएका छन्।
कोरोनाको कारण भौतिक रुपमा उपस्थित हुन नसकी अनलाइन प्रविधि जुम मार्फत सम्पन्न भएको पुनर्गठन कार्यक्रम बाट अधिकारी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन ।
पोखरा निवासी अधिकारी बिगत लामो समयदेखी कतारको एक प्रतिष्ठित कम्पनीको उच्च ओहोदामा कार्यरत छन्।राजनितिक तथा बौद्धिक ब्यक्तित्व अधिकारी कतारका थुप्रै संघसंस्थामा आबद्ध रहँदै सामाजिक कार्य गर्दै आइरहेका छन्।
प्रवासी नेपाली एकता मञ्च कतारका सङ्गठन बिभाग प्रमुख चन्द्र बि.क को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मञ्चका अध्यक्ष चानक पोखरेल रहेका थिए ।
वीर सहिदप्रती एक मिनेट मौन धारण गर्दै सुरुभएको औपचारिक कार्यक्रममा राष्ट्रिय कमिटी सदस्य लोक बहादुर जोगिले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य बाट स्वागत गरेका थिए । कार्यक्रममा मन्तब्य राख्नेहरुमा राष्ट्रिय कमिटी सदस्य प्रेम प्रसाद भट्टराई सचिवालय सदस्यहरु भेषराज पराजुली र गणेश शिवाले बोल्दै पुनर्गठित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे।
त्यस्तै विशेष अतिथि मञ्चका महासचिव प्रभात त्रिपाठीले बोल्दै सन २००४ मा स्थापित सङ्गठन कतारमा अनवरत रुपमा जुझारु सङ्गगठन रहेको बताए । अहिले बिश्वका ४० भन्दा बढी मुलुकमा सङ्गठन बिस्तार भएपनि कतारमा सबैभन्दा शसक्त जुझारु टिम रहेको बताए । उनले , प्रधानमन्त्री केपी शर्मा ओलिले समृद्ध नेपाल सुखी नेपालीको नारा अङ्गालेको हुनाले उनको योजनालाई सार्थक तुल्याउन प्रवासी नेपाली एकता मञ्चले सहयोग पुर्याउनु पर्ने धारणा राख्दै पार्टी शुद्धिकरण तिर लागेकोले केही साथीहरुले बाटो बिराएको प्रसङ्ग निकाल्दै छिट्टै मुल प्रवाह र पुरानै लयमा फर्किने बताए । राष्ट्रिय कमिटीले यहाँका सबै नगरहरुमा सङ्गठन पुनर्गठनमा जोडदिए सङ्गै आज ४ नम्बरमा गठन भएको बताउदै पुनर्गठित कार्यसमिति अझै जुझारु र ससक्त बनोस भन्दै शुभकामना दिए ।
प्रमुख अतिथि पोख्रेलले बोल्दै प्रधानमन्त्री ओलिले देश विकास गर्छु,ठेकेदार, दलाल, भ्रष्टचारी, लगायत देशको हित बिपरित गर्नेलाई कार्बाही गर्छु, बालुवाटार आउन दिन्नभन्दा आज प्रधानमन्त्रीलाई चारैतिर बाट घेराबन्दी गरिएको छ,सरकार गिराउने खेल गरिदै छ भन्दै बिदेशीएका सचेत युवा नेपाली हरुले साथ र सहयोग गर्नुपर्ने धारणा राखे ।
आज अल्खोरमा नगर कमिटी पुनर्गठन गरेको र आउँदा दिनमा सबै नगरमा कमिटी गठन गर्ने बताउदै उत्साहको साथ कामगर्न आग्रह गरे । सङ्गठनमा लागेपछि निस्पक्ष, इमानदारिता, मर्यादित, सामाजिक भावना बोकेर कामगरे सफलताको सिँढी चढ्न सजिलो हुने बताए। पोख्रेलले प्रधानमन्त्री ओलिले नयाँ बर्षका दिन प्रवासका नेपाली हरुलाई सम्बोधन गर्न आउने बताउँदै सकेसम्म सबैलाई उपस्थिती जनाउन आग्रह गर्दै नयाँ कार्यसमिति लाई बधाई सहित सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमका सभापति सङ्गठन बिभाग प्रमुख चन्द्र बि.कले बोल्दै सङ्गठन निर्माण तिब्र बनेको र अहिले अल्खोरमा ४ नम्बर नगरकमिटी गठन गरेको र आउदो दिनमा तिब्रताका साथ सङ्गठन निर्माण प्रक्रियाहरु अगाडि बढ्ने बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण प्रवासी नेपाली एकता मञ्च कतारका सचिवालय सदस्य खेमराज सुबेदीले गरेका थिए ।
प्रवासी नेपाली एकता मञ्च कतार ४ नम्बर नगरकमिटी , अल्खोरको कार्यसमिति यस प्रकार रहेको छ।
अध्यक्ष : रामजी अधिकारी
उपाध्यक्ष : ध्रुव भण्डारी
सचीव : सन्तोष के.सी
सह - सचीव : बिनोद उप्रेती
कोषाध्यक्ष : द्रोण प्रसाद गुरागाईं
सह -कोषाध्यक्ष : सुर्य गुराँगाईं
सदस्यहरु क्रमश : धनवीर जोगि,बिष्णु भन्डारी,ओम थापा, तारालाल श्रेष्ठ, रोशन कार्की, तिलक कार्की गरि १२ सदस्य र पछि १ जना सदस्य मनोनित गरिने गरि १३ सदस्यिय कार्यसमितिको चयन सर्वसम्मति बाट गरिएको थियो ।
त्यस्तै नव निर्वाचित अध्यक्ष अधिकारीले बोल्दै आफू विद्यार्थीकाल देखिनै पार्टीको झण्डा लिएर हिडेको भएपनि कतार प्रवासमा आएर विविध कारणले गर्दा सङ्गठनमा आबद्द हुन सकिएन, तर अव आएर आत्मदेखि नै आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दै राष्ट्रिय कमिटी सङ्ग समन्वय गर्दै आगामी कार्यक्रमको तर्जुमा गर्ने बताए ।