काठमाण्डौ- म्हेन्दोमाया कलाकार संघ नेपाल कार्यसमिति रुवीभ्याली धादिङद्धारा मञ्जुश्री सम्बत–२८५७ लाङ (ल्हो) सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम–२०७७ कार्यक्रम काठमाण्डौ बसुन्धारा मेगा पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न भएको छ।
"हाम्रो कला हाम्रो शान,हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने मुल नारा बोकेको म्हेन्दोमाया कलाकार संघ नेपाल कार्यसमिति रुवी भ्याली धादिङको आयोजनामा भएको कार्यक्रममा म्हेन्दोमाया कलाकार संघ नेपाल रुबिभ्यालीका अध्यक्ष आरम्भ तामाङको सभापतित्व तथा पुर्ब कानुन न्याय राज्य मन्त्री दिलमान तामाङको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो।
त्यसैगरी विशेष अतिथिहरुमा पुर्ब पर्यटन राज्य मन्त्री पर्शुराम तामाङ प्रतिनिधि सभा सदस्य धन बहादुर घले रुवीभ्याली गाउँपालिका उपाध्यक्ष बिना लामा,म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय संस्थापक अध्यक्ष म्हेन्दोमाया किङ सागर एस वाइबा नेपाल तामाङ घेदुङ धादिङ अध्यक्ष राम सिंह तामाङ जनप्रतिनिधिहरु लगाएत स्थानिय जुझारु युवाहरू,दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित बिशिस्ट ब्यक्तिहरुले मन्तब्यको क्रममा नेपाल तामाङ घेदुङ धादिङ अध्यक्ष राम सिंह तामाङले बोल्दै मौलिक सांस्कृतिक चाडलाई उत्थान संरक्षण सम्बर्द्धनका लागि राजनीति गर्नु पर्छ नत्र संरक्षण सम्बर्द्धनमा आफुहरु चुक्ने बताए। म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय सस्थपाक अध्यक्ष म्हेन्दोमाया किङ सागर एस वाइबाले म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिले गर्नु पर्ने काम रुबीभ्याली कलाकार संघले गरेर धन्यबादको पात्र भएको बताएका थिए।
यसै क्रममा म्हेन्दोमाया कलाकार संघ नेपाल रुबिभ्यालीले गरेको कार्यको तारिफ गर्दै म्हेन्दोमाया गित संगीत जो कोहिले गाउन नसक्ने रुबिभ्याली गाउँपालिका उपप्रमुख बिना लामाले बताईन, हाम्रो जातीय पहिचान भेष भुषा र संकृतिको जगेर्ना गर्नेमा जोड दिदै लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै रुवीभ्याली गाउँपालिकालाई नमुना रुवीभ्यालीको रुपमा निर्माण गर्ने बताएकी थिईन भने आगामी बर्षहरुमा म्हेन्दोमाया कलाकार संघ रुबीभ्याली गाउँपालिकका संग सहकार्य गर्दै ल्होछार लगायत अन्य कार्यक्रमहरुमा निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिईन।
प्रतिनिधि सभा सदस्य धन बहादुर घले हामी पार्टी अलग भए पनि बिकाशको निम्ति जहिले एक ढिक्का हुन्छौ उनले भने। पुर्ब पर्यटन राज्य मन्त्री पर्शुराम तामाङले हाम्रो जातिको लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण र खोजि नीति गर्ने हो भने रुबीभ्यालीमा भेटिन्छ र यसको संरक्षण गर्न रुबिभ्यालीका कलाकारहरुले ठुलो भूमिका खेलिरहेको बताए।
प्रमुख आतिथि पुर्ब कानुन न्याय राज्य मन्त्री दिलमान तामाङ मौलिक सांस्कृतिक चाडलाई उत्थान संरक्षण सम्बर्द्धन गर्ने मुख्य हेतुले आयोजित सोनाम ल्होछार कार्यक्रम हामीले सेतो टिका लगाएर ल्होछारलाई मनाउनु पर्छ हाम्रो संस्कार संस्कृतिलाई हामी आफैले जगेर्ना गर्नु पर्नेमा जोड दिएका थिए।अहिलेको राजनीति कोभिड-१९ जस्तै भएको छ जस्ले कोभिड- भेक्सिन नभेटेको बताए।
कार्यक्रममा तामाङ समुदायका चर्चित कलाकारहरु देखि स्थानिय कलाकारहरुका गायन तथा नृत्य प्रस्तुतिले माहोल तातिएको थियो।अन्तमा उक्त कार्यक्रमका सभापति आरम्भ तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमलाई विभिन्न तह-तप्काबाट सहयोग गरि कार्यक्रम ऎतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुका साथै कार्यक्रमलाई सफल बनाउन विविध रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद टक्रयाउँदै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा अजय तामाङले स्वागत गरेका थिए र कार्यक्रमको सहजीकरण जयबिर तामाङ र बिनिता तामाङले गरेका थिए।
तस्बिरको लागि यो लिंकमा जानुहोस्
https://www.facebook.com/media/set/?vanity=muglanikhabar&set=a.2762565657337443