धादिङ-मञ्जुश्री सम्बत २८५७ औ सोनाम ल्होछार लाङ (ल्हो) गाई बर्गको पावन अवसरमा बृहत पालिका स्तरिय म्हेन्दोमाया गायन तथा नृत्य प्रतियोगित,गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता तथा जातिय सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
गाउँपालिकाको सेर्तुङमा गत माघ ३० गते शुभारम्भ भई फागुन २ गते सम्म रहेको तीन दिने सोनाम ल्होछार कार्यक्रम रुबिभ्याली गाउँपालिका वडा न ३ का कार्यबहाक वडा अध्यक्ष गमन तामाङको सभापतित्व तथा रुबिभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङको प्रमुख आतिथ्यमा भएको हो। त्यसैगरी विशेष अतिथिहरुमा गाउँपालिका उपाध्यक्ष बिना लामा, म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा नायक,नृत्य निर्देशक राज किङ वाईबा, रुबिभ्याली गाउँपालिका नि.प्र.प्र. सन्तोष खनाल ,म्हेन्दोमाया कलाकार संघ नेपालका संथापक अध्यक्ष तथा म्हेन्दोमाया किङ सागर एस वाईबा,गाउँपालिका वडा अध्यक्षहरु,जनप्रतिनिधिहरु लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथी रुबिभ्याली गाउँपालिका अध्यक्ष चेरुङ तामाङ र बिशेष अतिथी उपाध्यक्ष विना लामाको हातबाट रिवन काटी शुभारम्भ गरिएको सो कार्यक्रममा दोस्रो दिन दलित समुदाय सास्कृतिक पहिचान,पालिका स्तरिय म्हेन्दोमाया गायन तथा नृत्य प्रतियोगित,जेष्ठ नागरिक सम्मान,लामा नाच,झाक्री नाच,म्हानेदोरा नाच,डोका नाच,मारुनी नाच ताबु नाच,बोमोसोमो साईखोले भजन गित लगाएत गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता भएको थियो ।
"संस्कार र संस्कृतिको पहिचान,पहिचानलाई जगेर्ना रुबिभ्यालीको अभियान" भन्ने मुल नारा बोकेको गाउँपालिकामा गाउँपालिकाको ब्यबस्थापन आर्थिक सहयोग, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको आयोजना तथा नमस्ते च्याम्र युवा समाज सेर्तुङको सह आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा दिलिप घलेले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण गोस बहादुर तामाङले गरेका थिए।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुले मन्तब्य राख्दै गाउँपालिकाले प्रथम पटक मौलिक सांस्कृतिक चाडलाई उत्थान संरक्षण सम्बर्द्धनका लागि प्रमुखतामा राख्दै सोनाम ल्होछार कार्यक्रम आयोजनामा सहयोग गरिदिएकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता रहनेमा बिश्वास ब्यक्त गरे।
रुबिभ्याली गाउँपालिका उप प्रमुख बिना लामाले हाम्रो जातीय पहिचान र भेष भुषा र संकृतिको जागरण गर्नेमा जोड दिदै महिला खेलाडीहरुको प्रसंसा गरेकी थिईन। हाम्रो लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै रुवीभ्याली गाउँपालिकालाई नमुना रुवीभ्यालीको रुपमा निर्माण गर्ने बताउदै आगामी बर्षहरुमा पनि ल्होछारलाई गाउँपालिकद्वारा निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिईन।
रुबिभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङ आफ्नो जातिय पहिचान सहित पालिका स्थारिया ल्होछार पहिलो छोट्टी मनाएको छौ र जेष्ठ नागरिक सम्मान,म्हेन्दोमाया नृत्य प्रतियोगिता,गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता आगामी दिनहरुमा झन बिशेष गरि मनाईने छ उनले थपे। यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद ब्यक्त गरेका थिए।
बृहत् सांस्कृतिक तथा विविध प्रतियोगिता समेत रहेको कार्यक्रममा चर्चित कलाकारहरु देखि स्थानिय कलाकारहरुका प्रस्तुतिले उपस्थित सम्पुर्णमा छुट्टै रौनक थपिएको थियो भने प्रतियोगितामा बिजेताहरुलाई पुरुस्कार साथै प्रमाणपत्र बितरण गरिएको थियो। अन्त्यमा कार्यक्रमका सभापति गमन तामाङले कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
पालिका स्तरिय म्हेन्दोमाया गायन तथा नृत्य प्रतियोगित निर्णायकहरु सागर एस वाईबा,राज किङ वाईबा,आरम्भ तामाङ
रुबिभ्याली गाउँपालिका उपाध्यक्ष विना लामा जेष्ठ नागरिकहरु सम्मान गर्दै
आमाहरु बोमोसोमो साईखोले प्रस्तुत गर्दै
दलित समुदाय सास्कृतिक प्रस्तुत गर्दै
कार्यक्रमका बिशेष अतिथी रुबिभ्याली गाउँपालिका उपाध्यक्ष विना लामा सम्बोधन गर्दै
कार्यक्रमका प्रमुख अतिथी रुबिभ्याली गाउँपालिका अध्यक्ष चेरुङ तामाङ सम्बोधन गर्दै