काठमाडौं । तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’ सार्वजनिक भएको छ।
आईतबार काठमाडौको बौद्ध पिपलबोटस्थित त्रिवेणी फास्टफुडमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।
गीतमा गीतकार साङ्गे ब्लोन तामाङको शब्द,चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको छ भने चर्चित गायिका शशिकला मोक्तानको स्वर रहेको छ । चाँद सिँको एरेञ्ज गरेको गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेका छन् ।
कोरियोग्राफी अजय स्याङतान र खेम मोक्तानले गरेको भिडियोको छायांकन प्रकाश तामाङ वाइवाले गरेका छन् । उक्त म्युजिक भिडियोमा प्रभा घिसिङ, नायक ऋतुराज पाख्रिन, हास्य कलाकार कुईसाङ रुम्बाले मुख्य अभिनय देख्न सकिन्छ ।
प्रबल थिङ र आईसिङ घलानको निर्माणमा बनेका चलचित्रलाई नविन पुरी, शंकर पुडासैंनी र शेखर थापाको सह–निर्माण रहेको छ भने रितुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, सिंग ब। तामाङ , प्रबल थिङ, प्रभा घिसिङ, सपना वाइबा र कोपिला घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।
तामाङ चलचित्र काख्रेले अहिलेका युवापुस्ता के चाहान्छन ? उनीहरुको रहनसहन, उनीहरुको लवाइ खुबाइ, उनीहरुको चाल चलन र उनीहरुको मुख्य समस्या के हो त ? यसै विषयलाई मध्यनजर गर्दै अहिलेका युवा पुस्ताले रोजेको, खोजेको र चाहेको कथालाई पर्दामा उतार्न खोजिएको छ ।
विशेषगरी नारीलाई बजारको हतियार बनाएर आफु धनको राजा हुने सपना बोक्ने स्वार्थी पुरुषहरुको भण्डाफोर गर्दै त्यहि नारी शक्तिबाट पुरुषहरुको त्यो स्वार्थ र घमण्ड नस्ट हुन्छ भन्ने सन्देश बोकेको कथाकार रितुराज पाख्रिन बताउँछन् ।
यस त चलचित्र काख्रेलाई रोशन फ्युवा तामाङले निर्देशन गरेका हुन ।२०६९ सालमा ल्हाप्साङकार्पो निर्माण गरी दोस्रो तामाङ चलचित्र तथा म्युजिक अवार्ड मा जुरी एवार्ड जिते पछि अन्य चलचित्र निर्माण गर्न हौसिएको हुँ उनी बताउँछन् ।’ निर्देशक तामाङले तामाङ चलचित्र श्ह्याल्गर, सेम्की ताम, हिमालकी रानी, श्होङ र टु मा निर्देशन गर्नुका साथै नेपाली चलचित्र नीरफूलमा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् ।भने यस चलचित्र छिट्टै प्रदर्शन हुने निर्माण पक्षले बताएका छ्न ।
कार्यक्रम तामाङ चलचित्र संघका उपाध्यक्ष तथा चर्चित नायक कुमार मोक्तान,संघकै उपाध्यक्ष दिपक तामाङ ,निर्देशन विनय दोङ,गीतकार कुमार स्याङबा लगायतका अतिथिहरुको सहभागी रहेको थिए।
भिडियो हेर्नुस्