पुष २४,कमल/झापाको कमल गाउँपालिका वार्ड ४ निवासी सिद्धान्त खड़का अहिले नेपाल स्टार प्रथम सीज़नको Top 6 परेका छन् । यद्यपि पछिलो समयमा राजनीतिक उतरचड़ापको विरोधाभाषपूर्ण हानथापको कटुताले पुषको चिसो जाड़ोलाई राजनीतिक चर्चाले तताएको अवस्थामा युवाहरुको अथाह रुचिको विषय सांगीतिक मनोरंजन त्यति नतातिएको होकि आभाष परिरहेको छ ।
तर नेपाली संगितको प्रथम नेपाल स्टार कार्यक्रम पनि आम संगीत प्रेमीहरु माझ कार्यक्रम अघि बढ़ीरहेको छ । यसै प्रसंगमा नेपालको प्रदेश १ झापाको कमल गाउँपालिका वार्ड ४ का सिद्धांत खड़का अहिले Top 6 मा आईपुगेका छ्न ।
यसै विषयमा सिद्धांत खड़का बारे आफन्त र स्थानीय बासीमा कस्तो अवस्था छ भनेर पत्रकार बसन्त राज सुब्बा बुझ्न जादा खड़का आमा माईली माया कुँवर खड़का संग कुरा गर्दा सानै देखि उनको संगीत प्रतिको अनौठो रुचि रहेको बताइन । घरमा खाट ,टेबल हातले बझाएर गीत गाउने देखि खेत पातीमा पनि गुनगुनाउने उनको शैली लाई बुझेर पनि हामीले बादल गितार चाहेर पनि किन्दीन सकेका थिएनौ ।
अर्को दुःखद पनि पनि सुनाईंन जब छोरा १५ वर्षको अवस्थामा एउटा आँखाको ज्योति गुमाएको पनि मलिन भावमा बताइन । तर पनि हुर्कीदै जादा स्कूल तथा बोर्डिङ मा सानो तीनो सांगीतिक कार्यक्रममा प्रस्तुति दिदै शिक्षकहरुद्वारा पुरस्कृत र समान्नित हुदै गायनप्रति उत्प्रेरित हुदै आज नेपाल स्टारको Top 6 आई पुगेका खड़काका आमा निक्कै गर्व भईकी देखिन्थिन ।
२६ वर्षीय सिद्धांत खड़काका आमाले उत्साहित हुदै भनिन हामी आर्थिक रूपमा कमजोर छौ । तर पनि छोरा top 10 सम्म आई सक्दा आफ्नो गाउँ छिमेकीहरुले मेरो छोरा भन्दा पनि हाम्रो ठाउँको जीतको लागि महिला , पुरुष ,युवा देखि बच्चा सम्म सबैले जुटेर आर्थिक , नैतिक र भौतिक रूप मैं सबैले उनको जीतको लागि आ आफ्नो ठाउँ बाट सहयोग गर्दै आईरहदा र सबैको साथ पाउदा र सम्पूर्ण दर्शकहरुले जसले मेरो छोराको स्वर मन पराउनु हुनेहरुले भोट अब दिनमा पनि भोट दिनु भयो भने पक्कै पनि मेरो छोराले स्टार जित्ने विश्वास लिएको बताइन ।
यस सिद्धांत खड़का जीताउ अभियानका समिति नवज्योति सयपत्ति क्लबका संयोजक तथा संघीय लिम्बुवान मञ्चका केंद्रीय सदस्य सूर्य प्रसाद याक्पादेन त्यस्तै फोनिक्स बोडीङका प्रिंसिपल बदी राई , भीम अधिकारी , जितेन राई लगायत अभियानमा जुटेका छन् भने अहिले सिद्धांत खड़का सो कार्यक्रमको लागी काठमाण्डौ रहेका छन् ।