ठमेल पर्यटन बिकास परिषद काठमाण्डौका महासचिब ध्रुब अधिकारीले अहिलेको विषम परिस्थितिमा बाह्य पर्यटक आवागमनको सम्भावना नरहेकोले आन्तरिक पर्यटक वृद्धि गर्नुपर्ने बताएका छन।
लामो समय देखि कोरोनाका महामारीले नेपालका विभिन्न क्षेत्रलाई तहसनहस बनाईरहेको बेला ठमेल पर्यटन बिकास परिषदले पनि त्यो मार खेप्नु परेको बताउदै अब आर्थिक समृद्धिका लागि आन्तरिक पर्यटक वृद्धि गर्न आफुहरु लागिपरेको बताएका छन।संस्थागत रुपमै ठमेललाई पुरानै अवस्थामा फर्काउन छलफल भैइरहेको जनाउदै गत सालका नयाँ बर्षहरुमा ठमेलमा बाह्य पर्यटक अत्यधिक हुन्थे तर अहिले सुनसान छ भन्दै दुख ब्यक्त गरे।
महासचिब अधिकारीले बिगतका बर्षहरुमा अंग्रेजी नयाँ बर्षमा भब्य पार्टी गरिन्थ्यो तर अहिलेको यो महाब्याधीको अवस्थामा सामाजिक दुरी कायम गरेर भएता पनि सामान्य दिप प्रज्वलन गरेर भएपनी "New Year Eve-2021" मनाउने निधो गरेका हौ उनले भने।
ठमेल पर्यटन बिकास परिषद द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष गीता गुरुङ,उपाध्यक्ष राजुमान डंगोल लगाएतको सक्रियता भएको उक्त कार्यक्रम ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष प्रकाश नरसिंह राणा को सभापतित्व तथा काठमाण्डौ महानगरपालिका वडा न.२६ का वडा अध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
त्यसैगरी कार्यक्रममा का म पा वडा न. २६ का पुर्ब वडा अध्यक्ष बिश्वम्बर लाल प्रधान ,ठमेल पर्यटन बिकास परिषदका पुर्ब अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार रामशरण थपलिया लगाएत उधोग- व्यापारी, समाजसेबीहरु, विभिन्न पदमा आसिन बिशिस्ट ब्यक्तित्वहरु बुद्धिजीवी,पत्रकार तथा ठमेलबासी दाजुभाई दिदिबहिनिहरुको उपस्थिति रहेको थियो।
'New Year Eve-2021' पार्टिले ठमेलको पर्यटकिय अबस्थालाई पुन: पुरानै स्थितिमा ल्याउन बिशेष भुमिका निर्बाह गर्नेछ भन्दै सबैको साथ सहयोगको अपेक्षा रहेको बताएका छ्न।