काठमाण्डौ,गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ जोरपाटीमा स्थापित भेनस नेशनल कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण कार्यक्रम - २०२० सम्पन्न गरेको छ।
"शिक्षा नै जिवनको ज्योति हो" भन्ने नारालाई आत्मसाथ गरेको भेनस नेशनल कलेजले देशका विभिन्न क्षेत्रबाट अध्ययनको शिलशिलामा आएका नव आगन्तुक बिध्यार्थीहरुको स्वागत, सचेनात्मक तथा परिचयात्मक भेटघाट स्वरुप अभिमुखिकरण कार्यक्रम -२०२० को आयोजना गरिएको थियो। कार्यक्रम भेनस नेशनल कलेजका अध्यक्ष पेमा छिरी सेर्पा तथा गोकर्णेश्वर नगरपालिका मेयर शन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो भने उपस्थित हुनेहरुमा क्याम्पस प्रमुख कृष्ण गौतम,क्याम्पस बोर्ड डिरेक्टर सुमित्रा राई,डिरेक्टर मोहन अधिकारी, बिध्यार्थीहरु, अभिभावक कलेजका शिक्षक शिक्षिका, मिडियाकर्मिहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो।कोरोना कहरको बिचमा भएतापनि सामाजिक दुरी, मास्क तथा स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड प्रयोग गरि कार्यक्रम भब्य र सभ्य रुपमा आफ्नै सभाहलमा सम्पन्न भएको थियो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले बोल्दै देशका विभिन्न क्षेत्रबाट छुट्टै परिवेश, संस्कार संस्कृतिमा हुर्किएका हुँदा कुरा गर्दा कतिपय विद्यार्थीलाई एक अर्काको कुराहरु बानी ब्यहोराहरु मन नपर्न सक्ने बताउदै सबैले अनुशासनको पुर्ण पालना गरि बस्नुपर्ने बताए। सबैले एक अर्काका धर्म,सस्कृती,मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा जोड दिदै शिक्षा भनेको मान्छेको मानसिकतामा डाक्टर ,इन्जिनियर बन्नलाई मात्र हो भन्ने छ तर यति मात्र नभई परिवारको सुरक्षित भबिस्य प्रतिको दायित्व ,अशल समाजको रुपान्तरण र देश चलाउने जिम्मेवारी समेत उनिहरुमा रहन्छ।एउटा डाक्टरले आफ्नो जीवनकाल भरी बिना पैसा बिरामीहरुको सेवा गरेर सम्पुर्ण जीवन ब्यतित गरेका उदाहरण पनि छन त्यसैले पैसा महत्त्वपूर्ण होइन। मोबाईललाई संसारभरी सुबिधाको रुपमा मात्र लिईएतापनि यसको सकारात्मक र नकारात्मक दुबै प्रभाव रहन्छन र यस्लाई सहि तरिकाले प्रयोग गर्न जानियो भने मात्र सकारात्मक जिवनशैली रहने बताए।
कोरोना महामारीबाट म स्वयं समेत दैनिक सुरक्षित नभएको अवस्था छ त्यसैले सबैले सावधानी अपनाएर सकेसम्म सार्वजनिक सवारी साधन कम प्रयोग गर्ने , भौतिक दुरी कायम राख्ने नियमित मास्क प्रयोग कोरोना महामारीबाट आफू पनि बाच्न र अरुलाई बचाउन सकिने बताए।
हरेक ब्यक्तिको किशोर अबस्था भनेको सेन्सेटिभ उमेर भएकोले सबै भाइ बहिनिलाई संबेदनसिल हुन अनुरोध गरेका थिए।कक्षा 10,11 र 12 पढ्दै गरेका बिध्यार्थीहरु लागू औसध दुर्वयसनी तथा कुलतमा फस्ने गर्दछन।यो कुलतमा लागेपछी फेरि उम्कन कठिन भएकोले यस्तो परिस्थितिबाट जोगाउन बिद्यालय शिक्षक तथा अभिभावक समयमै सचेत हुनुपर्ने बताएका थिए।बिद्यार्थीहरुले देश, समाज र आफ्ना लागि सम्झेर यो कलेजबाट उच्च शिक्षा हासिल गरि बुद्धिजीवी भएर निस्किनुपर्ने धारणा राखेका थिए।अहिलेको स्थानिय सरकार जनताको सेवामा समर्पित भएको हुनाले यस कलेज मार्फत माग भई आए अवस्यपनि कदम चालिने समेत बताएका थिए।
त्यसैगरी क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख बक्ता कृष्ण गौतमले भेनस कलेजको बिबिध सेवा सुबिधा र प्रबिधिको वर्णन गर्दै सम्पूर्ण कक्षाकोठाहरू आई पि सी सी क्यामरा मार्फत आई पि एल मनिटरिङ भइरहेको स्पष्ट पारेका थिए।तपाईंहरुले एउटा विद्यार्थीको आँखा छल्नु होला तर हाम्रो टेक्नोलोजीलाई छल्न नसकिने बताउदै कुनैपनि विद्यार्थीले गल्ती गर्यो भने माइक्रो सेकेन्ड भित्र पत्ता लगाउन सकिने बताएका थिए। कसैले ब्यक्तिगत रिसिबिमा एक अर्कालाई दोषारोपन र गल्ती देखाउन नसकोस र सुनेको भन्दा देखेको कुरा तथ्यपरक हुनेहुँदा कस्ले गल्ती गरेको हो ? छर्लङ्ग बनाउनको लागि उक्त टेक्नोलोजि प्रयोगमा ल्याईएको हो। हामीले प्रबिधिलाई भरपुर प्रयोगमा ल्याउने हो तर मिस्युज गर्नहुदैन भन्ने सुझाव दिदै विद्यार्थी भाइबहिनिहरुलाई कलेज समयमा मोबाईल नल्याउन अनुरोध गरेका थिए भने अत्यावश्यक कुरा गर्नु परे कलेज प्रशासनले ब्यबस्था गरिदिने बताए।
कलेजले दिने पढाईका साथसाथै विभिन्न अतिरिक्त नृत्य,गायन,खेलकुद लगाएत बिबिध सुबिधा रहेको बताए। प्राक्टिकल बेसमा हामीसङ विभिन्न ल्याबहरु रहेका छन। साइन्सको ल्याबहरु देखि लिएर होटेल म्यानेजमेन्टको ल्याबहरु भएकोले ल्याबमा गएर तोडफोड नगरिदिन अनुरोध गर्दै भेनस कलेजको सदैब पैसा भन्दा बिद्यार्थीहरुको भबिस्य नै पहिलो प्राथमिकता रहेको बताएका थिए।
एउटा विद्यार्थीको कारण अर्को विद्यार्थीले मेन्टली टर्चर बेहोर्न नपरोस साथिभाइको सम्बन्ध बिस्तार रहोस धूम्रपान मध्यपानबाट बिद्यार्थीहरु मुक्त रहुन भन्ने कलेजको चाहना रहेको बताए।कलेजको ड्रेसकोड युनिफर्म बनाएको छ जुन बर्ग विभेदको अन्त्यको लागि भएकोले यसलाई चुज वा मोडिफाई नगर्न समेत अनुरोध गरेका थिए।अथाह ज्ञानको समुन्द्रमा आउनुभएको छ अब कति लिन सकिन्छ त्यो तपाईहरुको दिमागमा भर पर्ने बताउदै स्किल र नलेजलाई आत्मसात गरेर भेनस कलेजलाई निकट भबिस्यमा गर्वको अनुभुती गराउनुहुनेछ भन्ने आशा लिएका छौ उनले भने ।
कार्यक्रम भेनस कलेजका अध्यक्ष पेमा छिरी शेर्पाद्वारा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलाई मायाको चिनो प्रदान गरेका थिए भने कलेजका प्रमुख कृष्ण गौतमले अतिथिहरु मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ राना,गोकर्णेश्वर खबरलाई संमानका साथै मायाको चिनो प्रदान गरेका थिए।
कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति पेमा छिरी सेर्पाले विद्यार्थी भाइबहिनी हरुलाई अनुशासित भएर आफ्नो अध्ययनशिलतालाई अगाडि बढाउनुहुनेछ र विद्यालय प्रशासनले आवश्यक परेका कुनैपनि सेवा सुबिधाबाट बन्चित नगर्ने बताए।यस कलेजमा शिक्षा हासिल गर्न आएकोले कोभिड-१९ को समयमा सुरक्षित रहि शिक्षा हासिल गर्नुहुनेछ भन्ने बिश्वास लिएको बताएका थिए।