लोक गायिका तथा हाँस्य कलाकार "काउली बुढी" नामले चर्चित उर्फ सन्ध्या बुढाका आकर्षक रातो पहिरनका तस्बिरले राम्रै बजार ल्याएको छ ।
कोरोनाको कहर सङ्गै धेरै कलाकार सामाजिक सञ्जालमा क्रियाशील हुदै समय कटाउने ध्यानमा छ्न भने उनै काउली बुढीपनि सामाजिक संजालमा पनि निक्कै सक्रिय रहेकी छिन ।
सन्ध्या, नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् ।
नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । उनले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।
सुर्खेतकी २४ वर्षीया सन्ध्या चर्चित लोक गायिका साथै "मुन्द्रे " कमेडियन क्लबमा पनि दर्शकलाई पेट मिची मिची हसाउन निक्कै खप्पिस छिन ।
२४ भन्दा बढी लोकदोहोरी गीत गाइसकेकी उनि केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन् । ‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’, ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।
उनका तस्विर सामाजिक संजालमा दर्शकले निकै मन पराएका हुन्छन् । उनले आफ्नो इन्स्टाग्राममा केही नयाँ र तस्बिर अपलोड गरेकी छन् ।