बसन्तराज सुब्बा
काठमाडौ - झापाको कमल गाउँपालिका वार्ड ३ केर्खा स्थायी घर भएका रत्न बहादुर र रत्न माया घिमिरेको कान्छा सुपुत्र विगत १० दशक लामो समय देखि कलाकार क्षत्रमा भिझिरहेका अशोक क्षत्रीले १८ वटा भन्दा बढी म्यूजिक भिडियो तथा नेपाली तथा भोजपुरी चलचित्रमा समेत खेलीसकेका छन भने एकदर्जन भन्दा बढी निर्देशन गरि सकेका छन ।
झापाको केर्खामा जन्मिएका क्षत्री मदन आस्रित स्कुलमा अध्यरत थिए । स्कुलले समयदेखि नै कलाकारितामा अब्बल रहेका क्षत्रीले लामो समय रातोभाले नामले समेत परिचित छन । लामो समय सम्म लिम्बुवान आन्दोलनमा होमिएका क्षत्री कलाकारिता क्षेत्रमा पनि अगि बढ्दै थिए ।
कमल गाउँ पालिकाको इज्जत केर्खाली युवाको सान रहेका क्षत्रीको अहिले जताततै चर्चा परिचर्चा हुन थालेको छ उक्त चर्चा सङै केर्खाली हरुको सान बनेका छन ।
अब निर्माण हुन लागेको एउटा फुल नामक नेपाली फिल्मको निर्देशन समेत गर्दैछन । भने अहिले गोपि पावलको शब्दमा पावल कै स्वर रहेको उक्त गित टङ्क बुढाथोकीले संगीत भरेका छ्न उक्त गितलाइ अशोक क्षत्रीले निर्देशन गरेका छन ।
केही समय अगाडि छायांकन सम्पन्न भएको ए मेरि आमाको म्युजिक भिडियो आगामी शुक्रबारबाट टङ्क बुढाथोकी युटुव च्यानल मार्फत सार्बजनिक गरिने भएको हो ।
इशक जबेगुको छायांकन रहेको उक्त भिडियोमा प्रिन्स राई , लछ्मी योङहाङ , रुद्र लिम्बू ,बाल कलाकार युजन राई र युनिक राईले अभिनय गरेका छन । भिडियो युथ ग्रुप नेपालले निर्माण गरेको छ ।
आमाहरुलाइ सम्मान स्वरुप निर्माण गरिएको भिडियोमा २० बर्ष अगाडिको सत्य घटनालाई देखाईएको निर्देशक क्षत्रीले बताए ।
आमाको देहावसान पछि एउटा अनाथ बच्चालाई आईपर्ने हरेक दुख र समस्यालाइ जस्ताको त्यस्तै भिडियोमा उतारेको निर्देशक क्षत्रीको दाबी रहेको छ । आमालाई माया गर्ने सबैले यो भिडियो हेर्ने पर्ने क्षत्रीले अनुरोध समेत गरेका छन ।