नृत्य निर्देशक संघ नेपालको चौथो स्थापना दिवस तथा काठमाण्डौ जिल्ला साखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ।
नृत्य निर्देशक संघ नेपाल काठमाडौ जिल्ला समितिका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। त्यसैगरी उपस्थित बिशिस्ट अतिथीहरुमा केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठ, महासचिव नृप ध्वज खत्री, सहकोषाध्यक्ष केशव कोइराला र अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका आजिवन सदस्य प्रेम लाल श्रेष्ठ, भक्तपुर शाखाका सचिव चुडामणी फुयाल लगाएतका ब्यक्तित्वहरु रहेका थिए।कार्यक्रममा साधारण सदस्य सहित विभिन्न शाखाबाट समेत उपस्थिती रहेको थियो।
कार्यक्रममा उपस्थित ब्यक्तिहरु प्रेमलाल श्रेष्ठ, चुडामणी फुयाल,केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठ,केन्द्रिय सह कोषाध्यक्ष केशव कोइराला,केन्द्रिय महसचिव नृप ध्वोज खत्री लगाएतले आफ्ना मन्तब्य राख्दै सस्थाले गरेको कार्यप्रती खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा नृत्य निर्देशक संघ काठमाडौ जिल्ला समितिका कोषाध्यक्ष सर्मिला तामाङले आर्थिक प्रतिबेदन तथा सचिव देवराज गुरुङ ले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा नृत्य निर्देशक संघ नेपाल काठमाडौ जिल्ला कार्यसमितिका अध्यक्ष बुद्ध लामाले सस्थाप्रती साथ सहयोग प्रदान गर्नुहुने सम्पुर्ण ब्यक्तिहरुलाई धन्यवाद ब्यक्त गरेका थिए भने आगामी दिनमा पनि साथ सहयोग सुझाव सल्लाहको अपेक्षा गरेको बताउदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण नृत्य निर्देशक संघ नेपाल काठमाडौ समितिका सचिव देवराज गुरुङले गरेका थिए।