(सर्वोच्च होड)
आनन्दमा थियो सन्सार,
जहाँ शान्त वातावरण थियो !
धन कुबेर अधिष्ठाता देवता !
आफु महा शक्तिशाली बन्ने होडमा
होमिदियौ मृत्युमा लाखौं
आफ्नै प्रतिरूपहरूलाई
जहाँ बुद्धको शिक्षा एवम् मार्गदर्शन शिर्योधारत् छन्
एवम् पूर्ण जिवित छन् ।
हे महा पुरूष, किन बुझ्दैनौ धर्म-अधर्म ?
आफ्नो दुखाई अनि पिडा सबैको एकै हुन्
किन बुझ्दैनौ ?
आमाको गर्भबाट नाङ्गो आएँ,
एकदिन नाङ्गै जानु छ, किन बुझ्दैनौ ?
हे महा पुरूष, यहाँ कोही अजम्बरी छैनन्,
सबैले समय-मिती लिएर नै आएका छन् !
आज विश्व रोईरहेछन् !
आफ्नो सन्तान गुमाएकोमा विलाप गरिरहेछन् ।
लाग्नेछ एकदिन तिमीलाई आँशुको श्राप,
भोग्ने छौ तिमीले चालेको कदमबाट ।
नष्ट हुनेछ एकदिन तिम्रो धन ढुकुटी
सन्सारमा छताछुल्ल बन्ने छौ एकदिन !
तब तिम्रो पार्थिव शरीरमा काँध दिने कोही हुने छैनन् ।
राजेन तामाङ्ग
कोलबोङ्ग बस्ती, तकदाह छाउनी
दार्जिलिङ्ग ।