[ गीत [
घाउ त छ यहाँ दुख्यो त भन्दिन
आगो त छ यहाँ पोल्यो भन्दिन ।
भन्दिनँ जलनको ज्वाला छ भनेर
अँध्यारोमा दीयो जलाऊ त भन्दिन ।।
कोही त छेउमा आएर बस त भन्दिन
धोखेबाज नै त भयो केही गर्नु सक्तिन ।
पीर-व्यथा नै त हो कहाँ पोख्नु जान्दिन
जान्दा-जान्दै बाटो बिराए मैले ।
कसलाई दोष दिने , दोष दिन जान्दिन
कति मन डढयो पानी हाल त भन्दिन ।।
----------------------------------
शब्द /रचना: युवराज घलेभाइ