मेरो देश प्यारो लाग्छ---!!
(निमा भुटिया)
म जहाँ बसेपनि,
मलाई म जन्मेको देश प्यारो लाग्छ|
म जहाँ गएपनि,
मलाई मेरो देशको माया र सम्झनाले सताउँछ ।
हो मैले मेरो देश निम्ति यहाँ ,
केही गर्नु नसकेपनि मनभरी देशको माया
बोकेको छु ।
बाध्यता र समस्याको चक्रव्यूहमा फँसेको यो
जिन्दगीलाई बनाउँनु म विदेशमा रहनु परेको छ ।
तर मलाई मेरो देशको मायाले बाँधेको छ ।
मलाई मेरो देशमा आनन्द र खुशी हुनु मन लाग्छ ।
तर परिवारको भुडीहरूले पर पुराएको छ ।
जेहोस् मलाई मेरो देशको माया र सम्झनामा,
विदेशमा भएपनि संगाली राखेको छ ।
म जहाँ बाँचे पनि मनभरी मेरो देशको चिनारी
बोकेर बाँचेको छु ।
म जस्तै मुस्कान हाँसे पनि मेरो प्यारो देशको
हाँसो हाँसेको छु ।
जसले मेरो देशलाई गद्धार गर्छ,
त्यसको निधार फोर्नु मन लाग्छ ।
किन कि मेरो देश शान्तिप्रिय देश हो
गौतम बुद्धले जन्म दिएको देश हो
जहाँ अहिंसा र प्रेमको पाठ पाएको सानो सुन्दर देश हो ।
जहाँ मैले जन्म पाउँनु एउटा सौभाग्य हो ।