धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित रुबिभ्याली गाउपालिकामा उपाध्यक्ष बिना लामाद्वारा आर्थिक बर्ष २०७७/७८ को निति तथा कार्यक्रम सहित बजेट गत असार १० गतेका दिन प्रस्तुत गरिएको छ।
रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङको सभापतित्व तथा वडा नम्बर ३ का जेष्ठ नगरिक यहरुङ तामाङ प्रमुख आथित्यमा कार्यक्रम भएको हो।उक्त कार्यक्रममा गाउपालिकाका जनप्रतिनिधिहरु,बुद्धिजिबीहरु लगाएत सर्बसाधारण स्थानिय दाजुभाई तथा दिदिबहिनि हरु आफ्नो धार्मिक ,सास्कृतिक तथा जातिय पहिचान सहित मौलिक भेषभुसा उपस्थित रहेका थिए।
आगामी आर्थिक बर्ष २०७७/७८ को नीति कार्यक्रम र आयोजना कार्यन्वयन गर्न रु ३४ करोड २८ लाख ३६ हजार विनियोजन गरिएको छ।कुल विनियोजन मध्ये चालू खर्च तर्फ १२ करोड ९४ लाख ३५ हजार अर्थात कुल विनियोजनको ३८.६ प्रतिसत र पुजिगत तर्फ २१ करोड ३४ लाख १ हजार अर्थात ६१.४ प्रतिसत विनियोजन गरिएको छ।
शिक्षा ,स्वास्थ्य,कृषि प्राबिधिक तथा महिला वालवालिका कार्यक्रम तर्फका कर्मचारीहरुको तलब भत्ता लगाएतका सुबिधाका लागि संघिय सरकारबाट ८ करोड ६८ लाख तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान १ करोड ७४ लाख ७७ हजार समाबेश भएको छ।
आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च ब्यहिर्ने श्रोत मध्ये संघिय सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान रु ७ करोड ५८ लाख एबम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड १८ हजार,बिशेष अनुदान तर्फ ५० लाख,समपुरक अनुदान तर्फ ५० लाख,संघबाट प्राप्त हुने राजश्व बाडफाट रु.६ करोड १२ लाख ४१ हजार एबम प्रदेशबाट प्राप्त हुने राजस्व बाडफाट रु. २ करोड , आन्तरिक राजस्व असुली ५० लाख र गत आवको खर्च गरि बाकी रहन आएको ५ कफोड २५ लाख बाट ब्यहोरिने भएको छ।
त्यसगरी कुल विनियोजन मध्ये भवन निर्माण तर्फ रु. ३ करोड ८१ लाख,सडक तर्फ ३ करोड ३४ लाख,वातावरण तथा विपद ब्यबस्थापन तर्फ ६३ लाख,शिक्षा युवा तथा खेलकुद तर्फ ४७ लाख,स्वास्थ्य तर्फ ५३ लाख,खानेपानी तथा सरसफाई तर्फ ६७ लाख ५० हजार,कृषी तथा पषु बिकासतर्फ ५३ लाख,सुचना तथा प्रबिधी तर्फ ५ लाख,ग्रामिण बिधुतिकरण तर्फ १० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ८ लाख,सामाजिक तथा सास्कृतिक संरक्षण तर्फ ११ लाख,पर्यटन प्रबर्धन तर्फ ४३ लाख,लक्षित बर्ग तर्फ १६ लाख लगाएतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।
बिशेष गरि आफ्नो मौलिक धर्म ,सस्कृति र जातिय पहिचानलाई प्रमुखतामा राखेर अगाडि बढिराखेको रुबिभ्याली गाउपालिकामा स्वय गापा. उपप्रमुख बिना लामाले पनि आफ्नै सास्कृतिक तथा जातिय पहिचानमा सजिएर कार्यक्रममा उपस्थित भएकी थिइन।आउदो आर्थिक बर्षमा पनि मौलिक सास्कृतिक संरक्षण र प्रबर्द्धनका लागि जनप्रतिनिधिहरु लगाएत उपप्रमुख बिना लामा द्वारा बजेट छुट्ट्याईएको छ जुन मौलिक पहिचानको लागि अत्यन्तै सकारात्मक कदम रहेको छ।
बजेट प्रस्तुत कार्यक्रमलाई कुशलता पुर्बक सहजीकरण दिलिप घले ले गरेका थिए भने स्वागत मन्तब्यद्वारा चन्द्र कुमार लामाले सम्पुर्ण उपस्थितहरुलाई स्वागत गरेका थिए।