टिबेटको एउटा गाँउ चौरीगोठ युवा टाशी र छुजाँग बिहे पछि सुनौलो भविष्य सजाँउन व्यास्त थिए खेती चौरी भेड़ा पाली खटथे तेतिकैमा विस्तारवाद चिनको अतिक्रमण भयो
जसो तसो ज्यान बचाएर आफना गुरूको पछि लाम लागेर जंगल हिमालयको बाटो कटे पछि धर्मशाला आई बसे।
टासी र छुजाँग तेहिको एउटा गाउ अथवा ठाँउ सीपबारीमा झुपरो हाली बस्न थाले त्यो हिमालको फेदिमा फेरि जीवन सुरु गरे। दुख सुख जोड़जाम गरे मेहनती थिए। यस्तैमा दुई छोरो जन्मीए। हुन सारो भए पछि बड़न पढ़न समय लाग्दैन राम्रो पढ़े। हाल दुवै अमेरिकामा छन राम्रो व्यावस्ता छ।
छोरोहरू आमा बाउलाई लान खोज्छन तर जान मान्दैन ,
भन्छन यो हिमालको थापलोमा हाम्रो देश तिबत छ हाम्रो जन्म भूमी स्वर्ग जस्तै। यो हिमाल बाट रसाएर बगेको पानीमा हाम्रो देशको शुगन्ध आँउछ। यसैले हामी यही मर्न चाहान्छौ।
देशको मुल्य र माया देश घुमाँउने कैयौ टासी पाला र छुजाँग बोजुमा देख्न र बुझ्न सकिन्छ। विस्तारवाद बाट साना साना मुलुकहरू सर्तक हुनु पर्छ। तिब्बतमा चिन बेपार लिएर पस्यो ,भारतमा गोरा बेपार लिएर पस्यो। भारत विशाल देश थियो लड़ेर फर्कायो तर आजको वैज्ञानिक यन्त्रले लेस युगमा साना मुलुकको सम्भाव छैन
सबै अर्थतन्त्रनै कब्जा हुन्छ। हरेक देशवाशी सचेत हुनु पर्छ।
लेखक :लक्ष्मी प्रसाद प्रसाई
रानीपुल तुमलाबुंग रानीपुल पुर्व सिक्किम