हिजो आज बिसन्चो छ
यी दिनहरू-------!
कहिले काही खुशी र आनन्दले रमाउने
मेरो यी दिनहरू
कुनि किन हिजो आज बिसन्चो छ ।
आसारको झरी परेर हो कि-----?
आकाशको कालोपन सधैं देखेर
चुपचाप बसेको छ मेरो यी दिनहरू
मबाट पनि अलिक पर बसेर मलाई टुलुटुलु हेरी मात्र बसेको छ ।
एक बिरामीले झै एकटक लगाएर मलाई
शब्दहरु केही बोलेको छैन मसित पनि मेरो यी दिनहरू
केवल हेरि मात्र बसेको छ आशाको किरण बोकेर ममाथि
एक बेसहरा नारीको नयनले हेरे झै गरि यहाँ
चुपचाप र निशब्द बनेर मलाई ।
यी दिनहरूको परिभाषा बुझ्न गाह्रो छ मलाई
हिजो आज यहाँ
किन कि उनीहरू आशाको नजरमा मलाई कुरिरहेको छ
न त शब्दहरु बोलेको छ
न त कुराहरूको कुनै संकेत छ
केवल हेरिरहेको छ आशावादी बनेर मलाई
सायद मबाट कुनै कुराहरूको भरोसा र आशा देखेर
एक बिरामीले झै एकटक लगाएर मलाई यी दिनहरूले-----!!!
लेखक : निमा भुटिया
जलढक्का कालेबुङ्ग भारत