वाग्मती प्रदेश रसुवा जिल्लाका माननीय सांसद प्रभात लामाले पर्यटकिय तथा धार्मिक क्षेत्र गोसाइँकुण्डको पुर्बाधार बिकाश लगाएत संरक्षण र प्रबर्द्धनका लागि सकृय भुमिका निर्बाह गरिरहेका छन।
पर्यटकिय क्षेत्र गोसाईंकुण्ड रसुवा ज़िल्लाको उत्तरी भेगमा पर्दछ ! यो प्राकृतिक पर्यटन मात्र नभएर धार्मिक दृष्टिकोणले अति प्रसिद्ध भएकोले सांसद तामाङले निर्वाचित भएको दिन देखी नै यो क्षेत्रको पर्यटकिय तथा धार्मिक रुपमा प्रबर्द्धन गर्नका लागि अनबरत रुपमा कदम चालिरहेका छन। गोसाईंकुण्डलाई भौतिक पुर्बाधार बिकास गरी रसुवा ज़िल्लाबासीको रोज़गार र आम्दानीको सुनिश्चित गर्दै आत्मनिर्भर बनाउन गोसाइँकुण्डको एकीकृत बिकास आयोजना मार्फ़त भौतिक बिकास, संरक्षण , र सम्बर्द्धन गरी व्यवस्थित पर्यटनको अवधारणा बनाई गोसाइँकुण्ड लाई व्यवस्थित बनाउन गत सालनै डि.पि.आर. तयार गरिएको सांसद तामाङले बताएका छन।
यहाँ बिकासका लागि आफुले मात्र नभई सम्पुर्ण जिल्लाबासी दाजुभाई तथा दिदिबहिनिहरुको पनि सकृयता र एकताले सम्भव हुने भएकोले सबैको साथ सहयोगको अपेक्षा समेत गरेका छन। सांसद तामाङका अनुसार यस पटक काम शुरू गर्नलाई १ करोड़ बजेट विनियोजन गरिएको भएता पनि यो बजेट पर्याप्त नभएको बताएका छन। डि.पि.आर. अनुसार काम गर्न लगभग ३५ करोड़ लागत लाग्ने अनुमान रहेको समेत बताएका छन।
गोसाईंकुण्ड धार्मिक एबं पर्यटक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकोले पुर्बाधार बिकास तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने बताएका छन।त्यसैगरी यो क्षेत्र धार्मिक बिस्वासको पनि प्रमुख गन्तब्य भएकोले धर्ममा आस्था र बिश्वास राख्ने धर्मावलम्बीहरुलाई समेत आकर्षित गर्न सके यो जिल्ला लगाएत देशकै आर्थिक उन्नति गर्न सकिने समेत बताएका छन।
सांसद प्रभात लामा सङ्ग भोर्ले पारच्याङ सडक पिचको बजेट किन प्रस्ताव गर्नु भयो ? भन्ने प्रश्नमा यो बाटो नौकुण्ड गाऊ पालिका जोड़ने एक मात्र नजिक अनि सजिलो सडक हो त्यसैले नौकुण्ड गाऊ पालिका अलि पिछड़िएको गाऊ पालिका मात्र नभैई यो गाउपालिकाको प्रमुख आवश्यकता नै सडक रहेको छ । सडक संजाल संग राम्रो संग जोड़ेमात्र बिकास सम्भव हुन्छ र आयात र निर्यातमा सहज हुन्छ। यो गाऊपालिकामा जन घनत्व वृद्धि र कृषिको लागी प्रवल सम्भावना बोकेको ठाऊ भएकोले यो क्षेत्रको लागी बढि सिंचाई र सडकलाई प्राथमिकताका साथ बजेट माग गरेको बताएका छन।यो क्षेत्रको बिकासका लागि गत साल ४ करोड़ र यो साल ५ करोड़ बजेट विनियोजन भएको बताएका छन।
सांसद लामाले आफुले तयार पारेको योजना अनुरुप केही बिकासका परियोजनाहरु सम्बोधन भएता पनि केही अत्यावश्यक शीर्षकहरूमा बजेट विनियोजन हुन नसकेकोमा आफू धेरै दुखी समेत भएको बताएका छ्न।