बसन्त राज सुब्बा /झापा
शिवसताक्षी नगरपालिका एक मात्र सतासी साप्ताहिक खबर पत्रिकाले आयोजना गरेको तीन दिन दीवशीय पत्रकारिता तथा समाचार लेखन तालीम सुरु भएको छ ।
शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग तथा सतासी साप्ताहिक खबर पत्रिकाको आयोजनामा नगर भित्रै तीन दिवसिय पत्रकारिता तथा समाचार लेखन तालिम मिति २०७७/३/६ गते शनिबार देखि सुरु भएको छ ।विश्व व्यापी कोरेना भाईरस (कोभिड१९) को महामारीलाई ध्यानमा राख्दै सामाजिक दुरी समेत कायम गरी यो वडाहरुमा भए गरेका सम्पूर्ण गतिविधिहरुका सूचना सम्पे्रषण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिवसताक्षी नगर दूधे स्थित संयुक्त भूपू सैनिक भवनमा तीन दिनको तालिम रहने छ ।
यस कार्यक्रम राष्ट्रीय गान बाट सुरुभएको र कार्यक्रमको व्यानर प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र कुमार शेर्मा साथै प्रशिक्षक वरिष्ठ सञ्चारकर्मी दिपिन राई र सभापति सतासी साप्ताहिक खबर पत्रिका अध्यक्ष योगेन लावतीले उदघाटन गरिएका थिए ।
कार्यक्रमको विशेष तीन दिने पत्रकारिता तालिममा नगरपालिका ११ वटै वड़ाका गरी जम्मा २७ प्रशिक्षार्थी रहेका छन ।कार्यक्रममा नगर प्रमुख चन्द्रकुमार शेर्माले पत्रकार जीवन दुःख भएर पनि यसैले गाउँ घर समाज राष्ट्रको गतिविधिलाई बाहिर छर्लग निकाल्ने गर्दछ । पत्रकार सबैले गर्न सक्दैन यसमा लगनशील सक्रिय अनुशाशन जिम्मेवारी हुनु पर्दछ ।
देशको तेस्रो अंग पत्रकारीतालाई नै मान्यता दिएको छ । आज यस तालिममा तपाईहरु केहि सिक्न बुझ्न उद्देश्य लिएर आउनु भएको छ निस्वार्थ भावनाले सिक्नु होस यहाँ बाट सीकेर समाजमा केहि सन्देश र परिवर्तन गर्न सहज पुगोस भन्दै कार्यक्रमको आयोजक सताक्षी साप्ताहिक खबर पत्रिकाका सम्पूर्ण टीमलाई धन्यवाद दिएका थिए ।
त्यस्तै गरी स्वागत मंतव्य सतासी साप्ताहिक खबरका सह सम्पादक छबिलाल दवाडीले पत्रकारिता तालीममा आउनु हुने प्रशिक्षार्थी युवा भाई बैनीहरु जून आज केहि बुझ्न सिक्न आउनु भएको छ भोलीका दिनहरु भाईबैनीले राम्रो सक्षम भएर समाज देशलाई सचेत परिवर्तन गर्न सक्ने छ र जीवनयापार गर्न पनि पत्रकारिताले सकिन्छ निस्वार्थ भावनाले अघि बढ़नु पर्दछ पत्रकारितामा शब्दको धेरै मूल्यकन हुन्छ भन्दै मंतव्य दिएका थिए ।
त्यस्तै शुभकामना प्रशिक्षक तथा वरिष्ठ सञ्चारकर्मी दिपिन राईले जून आज तपाईहरु आउनु भएकोमा खुसी साथै केहि उद्देश्य लिएर यहाँ तालीममा आउनु भएको र केहि न केहि सिकेर दक्षता भएर मान्छेको दिनको शुरुवात सूचना र संञ्चारबाट हुने भएकाले संञ्चार सत्यतथ्यमा आधारितमा हुनुपर्ने र पत्रकारिता जीवन बारे बताउदै समाचार ,पृष्ठभूमि प्रष्ट हुनु पर्ने , विद्धवानको भनाई ख्याल गर्ने , त्यस विषयमा प्रष्ट हुनु पनि आवश्यक हुनु पर्ने सम्पूर्ण नियम प्राविधिक ज्ञान हुन पनि आवश्यक र आफ्नो काम प्रति आत्मनिर्भर हुनु पर्दछ भन्दै सबैलाई शुभकामना दिएका थिए ।
तालिम कार्यक्रममा समय समय प्रशिक्षार्थीहरुलाई मनोरंजन दिन सतासी खबर बाट दिलीप घिमिरे , पवन राईले भूमिका निभाएका थिए ।
भने यस कार्यक्रमका सभापति योगेन लावतीले तीन दिने पत्रकारिता तालीम मिति २०७७/३/९ गते समापन हुने र तालिममा आउने प्रशिक्षार्थीमा थप ऊर्जा हुने उत्पादन, गुणात्मक र परिमाणात्मक क्षमता अभिवृद्धिका लागि
यो तालिम सगै प्रशिक्षार्थीमा सम्मान तथा प्रमाण पत्र समेत प्रदान गरिने बताए भने कार्यक्रम सतासी साप्ताहिक खबर पत्रिका सम्पादक सेलिङ केसीले संचालन गरेका थिए ।