वसन्त राज सुब्बा - पुर्बी नेपाल झापा जिल्लामा झापामा सिने क्लिक प्रोडक्सनद्वारा फोटो-शूट कार्यक्रम भएको छ।
घरेलु तथा स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्य स्वरुप सिने क्लिक प्रोडक्शनले हिजो मिति २०७७ जेस्ठ ३ गते का दिन उधमशिल महिला जागरण केन्द्र झापा र समावेशी महिला शसक्तीकरण झापा दुबै संस्थाले सयुक्त रुपमा उत्पादन गरेको महिलाजन्य उपभोगिय वस्तुहरुलाई ऐतिहासिक पहिलो चोटी कमल गाउँपालिका को वार्ड न. ४, स्थित स्माइल फन पॉर्कममा आधा दर्जन मोडलहरुको साथमा फोटोशूट कार्यक्रम सम्पन्न गरेको छ ।
अश्मिता ओली
स्वदेशी मौलिक एवम महिलाजन्य पहिरन हरुको खपत गर्न र त्यस्को प्रबर्द्धन र बजार सम्म पुर्याउन सबैमा घरेलू उत्पादनमा आकर्षण र स्थानीय मोडलहरुलाई पनि संग सगै अघि बढाउने उदेश्यले सीने क्लिक प्रोडक्शनका प्रोपराईटर प्रबन्धक बेनु राज लिम्बु र बसन्त लिम्बु (लावती) ले फोटोशूट कार्यक्रम गरिएको बताएका छन ।
चर्चित मोडल सङ्गिता लावती
त्यस्तै गरी उद्यमशील महिला जागरण केन्द्रले शुरूगरेको दुई महीना भएपनि हातैले बनाएको घरेलु नेपाली ढाकाका महिलाहरुले पहिरने कपडाहरु र स्वदेशी घरेलु उपभोग्य तथा विभिन्न सजावटका वस्तुहरु उत्पादन गर्न दर्जनौ महीलाहरुलाई रोजगार दिदै निम्न आर्थिक भएका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर गराउदै गरेको उद्यमशील महिला जागरण केन्द्रका अध्यक्ष शान्ता उप्रेेती दहाल, सचिब गौरी चेन्जोङ राई दुबैले जानकारी दिएकी थिईन । यो कामलाई प्रोत्साहान दिन प्रदेश न. १ का माननीय संसद इन्द्र राई ले अहम भुमिका खेलेको पनि बताएकी थिइन । त्यहाँ निर्मित सामाग्री हरुका बारेमा कोही पनि कस्टोमरहरुलाई जानकारी लिन सजिलो हओस भन्ने मनसायले आफ्नो सस्थाको फेशबुक र लाईक पेज समेत बनाईएको र अफिसियल आईडिमा फलो गरी आफुलाई चाहिएको समान बारे जानकारी लिन सकिने समेत बताएका थिए।
दमक मिस एन्जल बिजेता-२०७६ सिखुम फागो
अर्को महिला समावेशी शसक्तीकरण संस्थाका अध्यक्ष गौरी चापागाई, सचिब ममता गुरुङ ,सहसचिब सेलिना राईले नेपाली तथा विदेशमा रहने नारीहरुलाई लक्षित गरी नयाँ पुस्ताहरुको चाहना बमोजिम हातैले बनाएको शिरदेखि पैतला सम्मका विभिन्न आकर्षक गरगहना समानहरु उत्पादन गरेका छौ । अहिले सम्म बाहिर नल्याईएको तर, मागहरु भने आईरहेको बताएकी छिन । यद्यपि अहिले कामकार्य अगाडि बड्दै गर्दा कोरोना भाईरस सङ्क्रमण को कारण रोकिएको अवस्था छ र, कोरोना भाईरस सङ्क्रमण नियन्त्रण भयो र बिस्तारै लक्डाउन खुलेपछी एक कार्यक्रम गरी उत्पादित बस्तुहरु लाई बाहिर प्रदर्सनीमा ल्याउने बताएकी छिन। या सो काम हुने र उत्पादित सामानहरुले मार्केट लिने कुरामा विस्वस्त रहेको भन्दै स्थानीय महिलाहरुलाई शिप सिकाउदै दीदी बहिनीहरुमा आत्मानिर्भर बनाउदै लाने र उदाहरणको लागि यो कार्यक्रममा स्थानीय कलाकार बैनीहरुलाई फोटोशूट गराउन पाउनु यो आफैमा एउटा सकारात्मक काम रहेकोे जनाएकी छिन। यो पनि आफैमा 'फेसन सो' को चेतनामा बिकाशमा यो ठाउमा शुरुवात हो भन्दै सिने क्लिक प्रोडक्शन सम्पूर्ण टीम प्रति आभारी रहेको बताउदै आफ्नो फेशबुक र लाईक पेजमा फलो गरी आबश्यक परे सामानका लागि जानकारी पाउन सम्पर्क गर्न सक्नु हुने बताएका थिए ।
मोडल: रोशनि चापागाई
त्यस्तै गरी लोकप्रिय मोडल तथा लिम्बु म्यूजिक भिडियोकी नायिका संगीता लावतीले दुबै संस्थामा भएको विभिन्न उत्पादन महिलाजन्य पोषाक तथा गरगहना धेरै राम्रो रहेको र आउने दिनहरुमा यी दुई संस्थाले यस्लाई निरन्तरता दिने कुरामा बिस्वस्त हुँदै आफुले पनि आज मौलिक ढाकाका पहिरन लगाई फोटोशूट गर्न पाएकोमा धन्यवाद दिदै खुसी व्यक्त गरेकि थिइन ।
मोडल: नेम्सी ईम्सुङ
फ़ोटोशूट मा सहभागी मोडेलहरुमा आस्मिता श्रेष्ठ ओलि क्रमश: सिखु फागो, निश्चल राई ,आस्ता योङहाङ,रोस्नी चापागाई रहेकी थिइन भने सो कार्यक्रमका विशेष व्यक्तित्वहरु बिरेन्द्र कु. याक्थुम्बा (शुवास), बसन्त राज सुब्बा र सहयोगीहरुमा अनीस तामाङ ,युवराज भण्डारी ,विजू थेबे लिम्बू , संन्जु हाङ लिम्बू रहेका थिए।
मोडल:आस्था योङ्हाङ / निश्चल राई