उसले सोच्यो।समय निकै बितिसक्यो।बनवास लागेपछि जन्मिएको यी भालडाङभुल्डुङहरू पनि अब त तन्नेरी भईसके।ठूलो छोरो म भन्दा अग्लो भइसक्यो।छोरी ,आमा चै भन्दा अग्ली।रहल तीनवटा भाल्डाङभूल्डुङ पनि निकै ठूल्ठूला भइसके।। कपाल कन्याउॅदै बिगतलाई सम्झियो उसले।ती बिगतका दिनहरूलाई सम्झेर एक्लै मुस्कुरायो उ।मनमनै सोच्यो,अब त साम्मे भइसक्यो होला उतापनि ।अब फर्कनु पर्ला पुर्ख्यौली थलो।
उनीहरू यता पस्दा दुबैजना मस्त जवान थिए।उसको श्रीमति सत्रकी थिई अनि उ आफैं एक्काईसको बर्षको। उसले स्वास्नीलाई पुलुक्क हेर्यो।सेतै फूलेकी।चाउरि परेको गाला। कमजोर शरीर।बुड़ी भन्थी।औ..तिमी त सेतै फूलिसक्यौ त।हाम्रा यी भाल्डाङभुल्डुङहरू पनि अब त ठूल्ठूला भइसके।
उनीहरू सम्पूर्ण रूपमा जंगली मानव भइसकेका थिए। कपाल लट्टा परिसकेको थियो।शरीर मैलेधैलो थियो। सबै परिवार उस्तै थिए। शरीरमा कसैको पनि वस्त्र थिएन। उनीहरू सर्वाङ्ग नग्न थिए।ओड़ारतिरै बस्थे। कन्दमूल खान्थे। शिकार गर्थे तर आगो चाहिॅ फुक्थे।जंगल पस्दा लिएर गएको माचिसबाट बचाएर राखेका थिए आगोको माऊ। धेरै हिउॅद बित्यो। बर्षा बित्यो। उनीहरू गाउॅ फर्कने तय गरेर त्यहाॅबाट हिॅड़े।
धेरै दिनको यात्रा पछि उनीहरू उहिले छोड़ेर गएको पैत्रिक थलो आइपुगे तर गाउॅ थिएन त्यहाॅ। घना जंगल थियो। आफ्नो गाउॅ र घर ठिम्याए उनीहर दुबैले।भग्नावशेष मात्र थियो त्यहाॅ। खण्डहर भएका घरहरू वरिपरि ठूला ठूला रूखहरू पलाएका थिए।गाउॅ जंगलले छोपेको थियो। गाउॅको सड़कहरूको नामोनिशान थिएन ।बाटो, गोरेटो केही थिएनन्। उ बेलाका केही थिएन त्यहाॅ।उनीहरूले त्यतिबेलाको घर, मोटर वाहन,स्कूल,फोन,टेलिभिजन ,रूपियाँ पैसा,छर छिमेकी ,आफ्नो आफन्त सबै सबै सम्झे । यही गाउॅमै बास बसे-उनीहरू त्यो रात। सोचे उनीहरूले। कता लागे होलान आफन्त,घर गाउॅलेहरू।?? सबै मरेछन् क्यारे। यस्तै सोचिरहे ती दम्पतीले।रातभरी स्याल गराइरह्यो। बाघ गर्जिरह्यौ। उनीहरू सबैजना सॅधा झैं रातभरि धुनी बालेर सुते।
राती उसले पारी डाॅड़ामा धुनी जलिरहेको देख्यो। स्वास्नीलाई पनि देखायो। भोलि उनीहरू त्यता लाग्ने तय गरे। रातभरी ती लोग्ने स्वास्नी बिगतका सम्झना गरेर जागो नै रहे। छोरा छोरीहरू यी सबै कुरोहरूसित अनभिज्ञ नै थिएँ।
बिहान उठेपछि पु:न यात्रा शुरू भयो।बाटोमा एक बास बसेपछि भोलिपल्ट बेलुकी उनीहरू त्यो धुनी जलिरहेको स्थानमा पुगे।
त्यहाॅ एकजना यस्तै चालिस /पैतालिस बर्षको मानिस धुनी तापेर बसिरहेको थियो। उ पनि नि:बस्त्र नै थियो।उनीहरूका नानीहरूले आफू झैं सकलको प्राणी देख्दा तिनछक्क परे। त्यो धुनी तापिरहेको मानिस सारै हर्षित बन्यो,उ भएकहाॅ कोही मानिस आइपुग्दा। खुशी भए उनीहरू।रात निकै भइसकेको थियो। सबैजना निदाए।
भोलि बिहान।झलमल्ल घाम लागेको थियो।सबैजना नाङगै भुतुङगै घाममा आङ सेकाउॅदै कुरा गर्न लागे।
त्यहाॅ भएको त्यो एक्लो मानिसले भन्यो। गाउॅ नै सबै स्वाहा भयो नि।म यता जंगलतिर पसेर बाॅचे। सबै मरे। कोही बाॅचेनन् सायद।त्यो पारी पहाड़मा राती धुनी बलेको देख्छु। अरू त काॅही केही देख्दिनॅ।
यसै बिचमा छोरा छोरीहरू छक्क पर्दै बाबुलाई सोध्छन्।उनी को हुन्। हामीलाई पनि भन्नु नि बाबा भनेर।
बाबुले कथा यसरी सुनाउॅछन् नानीहरूलाई।उहिल्यै नै यहाॅ ठूलो गाउॅ थियो। गाउॅ भनेको हामी जस्तै धेरै मानिसहरू थिए यहाॅ। त्यतिबेला यो संसारमा डरलाग्दो हैंजा/रोग फैलिएको थियो। सबै मान्छे त्यो हैंजाले फटाफट मर्न लागे। त्यतिबेला तिमीहरूको आमा र म तिमीहरू जस्तै भर्खरको तन्नेरी थियौं। बाॅच्नलाई जंगल पस्यौ हामी। त्यहीँ जंगलमा नै तिमीहरू जन्मियौ।ठूला भयौ।तिमीहरूको आमा र म सल्लाह गर्यौ गाउॅ फर्कने।
अर्को मानिसले भन्यो। यो हैंजा आएको बषौं बितिसक्यो। म एक्लै छु यहाॅ। सोचेको थिएॅ। म बाहेक कोही बाॅचेका छैनन् होला भनेर तर तिमीहरू बाॅचेका रहेछौ। अब म पनि एक्लो भॅइन।उनीहरू तीन जना धेरै बेरसम्म कुरा गरिरहे। त्यतिबेलाको सभ्यता। गाड़ी। घर। शहर। बजार। सबै सबै। त्यतिबेला संसारमा भयानक महामारी फैलिएको अनि सबै मानिसहरू मरेको। नानीहरू पनि यी कुराहरू ट्वाल्ल परेर सुनिरहें।
अब सबै संगै बस्न लागेका थिए उनीहरू। समय आफ्नै गतिमा बितिरह्यो। एकदिन सल्लाह गरे ती दुई दम्पतीले। आफ्नो छोरी त्यहाॅ भेटेको मानिसलाई दिने।उसंग विवाह गरिदिने। शाखा-सन्तान हुनेछन्। यस्तै सोचे।
अब नयाॅ संसार शुरू भइसकेको थियो उनीहरूको।ती दुई दम्पती पनि नाती नातिनीका धनी भइसकेका थिए। यसो हिसाब गरेर बितेको समय निकाले। चालिस बर्ष बितेछ। हैंजाले मान्छे मासिएको। सभ्यता स्वाहा भएको छ।
समय आफ्नै गतिमा अगाडि बड़िरह्यो। एउटा युग नै बित्यो आजकल ती दम्पतिका नात पनातहरू आफ्ना छोरा छोरीहरूलाई उहिल्यै पनि यो संसारमा पौराणिक मानिसहरूको सभ्यता थियो रे यो भनेर किंवदन्ती सुनाउॅने गर्छन्।
लेखक: अर्जुन शर्मा निरौला
हाल- गीतखोला-कालेबुङ