मुग्लानी खबर- बैशाख २ मंगलबार
साउदी अरबमा कोभिड-१९ बाट संक्रमितको संख्या ५३६९ पुगेको छ।
आज अप्रिल १४ का दिन साउदी अधिकारीद्वारा दिएको जानकारी अनुसार साउदीका विभिन्न क्षेत्रमा नयाँ कोरोना संक्रमित संख्या:४३५ जना भेटिएको छन।आज भेटिएका नयाँ सङ्क्रमित सङ्गै कोरोनाबाट कुल संक्रमितको संख्या :५३६९ पुगेको छ।अहिलेसम्म मृत्यु हुनेको संख्या -७३ जना पुगेको छ भने ८८९ जना निको भएर फर्किसकेका छन भने
४४०७ जनाको उपचारत रहेका छन।
आज भेटिएका साउदीका नयाँ ४३५ कोरोना संक्रमितहरु निम्न शहरहरूमा भेटिएका हुन।
114 जना Riyadh,111 जना Makkah,69 जना Dammam,50 जना Madinah, 46 जनाJeddah,16 जना Hufof,10 जना Buraidah, 7 जना Dhahran, 4 जना Tabuk,1 जना Hail, 1 जना Kharj, 1 जना Al Bahah,1 जना Khobar,1 जना Samtah, 1 जना Bishah, 1 जना Abha,1 जना Taif रहेका छन।
पछिल्लो तथ्यांकअनुसार बिश्व भरि कोरोना भाईरसबाट
संक्रमित :१,९३९,०२८ रहेका छन।त्यसैगरी निको हुने :४५९,४४१ रहनुका साथै १२०,८७१ जनाको मृत्यु भएको छ।