मुग्लानी खबर- चैत्र ३० आईतबार
कोरोना भाईरस (कोभिड–१९) साउदीमा पछिल्लो १२ अप्रिल, २०२० को पछिल्लो तथ्यांकअनुसार नयाँ संक्रमित ४२९ जना भेटिएका छन।
साउदी अरबमा (कोभिड–१९) बाट अहिले सम्म कुल संक्रमितको संख्या ४४६२ पुगेको छ । त्यसै गरि साउदीमा मृत्यु हुनेको संख्या भने ५९ जना रहेको छ।यसगरी कोरोना पोजिटिभ देखिएका ७६१ जना भने निको भएर फर्कि सकेका छन।अहिले उपचाररत कुल सक्रिय संक्रमितको संख्या ३६४२ जना रहेको जनाईएको छ।
आज भेटिएका नयाँ सङ्क्रमितहरु साउदीका विभिन्न क्षेत्रहरूमा भेटिएका छन।जसनुसार Riyadh- १९८ जना,
Makkah- १०३ जना,Madina-७३ जना,Jeddah-१९ जना,Dammam-१० जना,Yanbu- ७ जना,Khamis Mushayt- ५ जना,Samtah- ४ जना,Tabuk-३ जना, Qatif- ३ जना,Taif-२ जना, Sabia-२ जना रहेका छन।
साउदीमा यदि कोरोना भाईरसको शंका लागेमा साउदी सरकारको हटलाईन नं. ९३७ तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।
पछिल्लो तथ्यांकअनुसार विश्व भरि कोरोना भाईरस बाट संक्रमितको संख्याः १,७९४,८५१,मृत्यु हुनेको संख्याः १०९,९३९ रहेको छ भने निको हुनेको संख्याः ४११,८३० साथै उपचाररत सक्रिय संक्रमितः १,२७३,०८२ रहेको छ।
नेपालमा कुल संक्रमितको संख्याः १२, निको हुनेको संख्या: १ जना रहेको छ।