रमेश गिरी
कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेको छ । आमनागरिक घरभित्र बसेका छन् । सधै व्यस्त र भीडभाड रहने सडकमा सीमित सवारीसाधन मात्र चलेका छन् ।
विविध कारणले सडकमा आएका मानव यतिखेर विचल्लीमा परेका छन् । खुल्ला आकाशमुनि अलपत्र छन् । हरेकदिन राति करिब ७ बजेदेखि रातो पिपिई लगाएका चारजना अरनिको राजमार्गमा पर्ने नलिन्चोकदेखि जडिबुटीसम्मको सडक, कौशल्टारको आकाशे पुल, मध्यपुरथिमि सिद्धिकाली, सानोथिमिलगायत नगरका भित्री बस्ती, भक्तपुरको सल्लाघारी, दत्तात्रय, पाँचतले मन्दिर, कमलविनायकलगायत नगरका भित्री क्षेत्रमा अलपत्र भोकै रहेका सडक मानवको हातहातमा खाना पु¥याउन व्यस्त हुन्छन् ।
चाँगुनारायण नगरपालिका–३ गेलालगाउँमा बेवारिसे सडक मानवको आश्रय बन्दै आएको मानव कल्याण समाज ९सेवा घर० कि अध्यक्ष सुमित्रा चौलागार्इं नेतृत्वको चारजनाको टोली यसैगरी हरेक साँझ हातमा खानाको पोको बोकेर पुग्छन् सडक मानवसम्म । आमाले कतिखेर खाना ल्याउलिन भन्दै सन्तानले कुरेजस्तै कतिखेर आइपुग्छ खाना लिएर सुमित्राको टोली भनेर साँझ परेपछि बाटो हेरेर बस्छन् –सहाराविहीन सडक मानव ।
भारी बोक्ने काम गर्दै आएका सिन्धुपाल्चोकका दिलबहादुर भुजेल पाटीमा बस्दै आएका छन् । लकडाउन अघिसम्म भारी बोकेर जसोतसो ज्यान पाल्दै आएका उनी लकडाउन पनि झण्डै एकहप्ता भोकै परे । तर विगत ११ दिनदेखि उनको बाँच्ने आधार बनेकी छिन्, उनै मानव कल्याण समाजका अध्यक्ष चौलागार्इं । भुजेल भन्नुहुन्छ, “काम पाइन, बस्ने कोठा छैन, ५–६ दिन भोकै बसेँ, अचेल त साँझ तातो खाना खान पाइन्छ, सुमित्रा बहिनी आउँदा आमाले खाना ल्याए जस्तै लाग्छ, कहिले साँझ पर्ला र उनी खाना लिएर आउलिन् जस्तो हुन्छ ।”
लकडाउन अघि भरिया काम गरेर बाँच्ने, फोहर प्लास्टिक टिप्ने, जोगी र माग्दै जीवन टाल्ने सडक मानव लकडाउनमा खुल्ला आकाशमुनि भोकै देखेपछि एकछाक तातो खाना खुवाउने अभियानमा जुट्यो मानव कल्याण समाज । मध्यपुरथिमिको भित्री बस्तीको पाटीमा बस्दै आएका ६८ वर्षीय बुद्धिकुमार खड्का शाही बिरामी छन् । दम र खोकीको बिरामी उहाँ भन्नुहुन्छ, “बूढो भएँ, साहारा कोही छैन, खान पाइनँ, अहिले यी छोरीले ल्याइदिन्छिन्, बाँचिन्छ कि जस्तो लाग्न थालेको छ ।”
उनको मात्रै हैन भारी बोकेर सडकमा जीवन गुजारा गर्दै आएका पर्वतकी सुमित्रा गिरी, भीम राई, ज्यामी काम गर्ने धरानका सुमन राई, सिन्धुलीका चन्द्रबहादुर राईलगायत ६ वर्षदेखि ६८ वर्षसम्ममा ५० जनाभन्दा बढीको अवस्था अहिले उस्तै छ ।
भक्तपुर अस्पतालका क्विक रेस्पोन्स टिमका अरुण सैँजुको अनुरोधमा आजबाट भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना भएका बिरामी, कुरुवा र आइसोलेशनमा उपचारमा रहेका करिब ५० जनालाई निःशुल्क खाना खुवाउन शुरु गरेको समाजकी अध्यक्ष चौलागार्इं जानकारी दिनुभयो ।
सरकारको सहयोग नरहे पनि स्थानीय विभिन्न दाताले दिने खाद्यान्नलगायतको सहयोग, जन्मोत्सव, विवाह महोत्सव र पितृको तिथिलगायतमा दिने दानले संस्था चल्दै आएको छ । हाल नौजना बालबालिकासहित ६३ जना रहेको समाजले ओमकृष्ण सेवा सदनले उपलब्ध गराएको भवन र अर्को २५ हजार मासिक भाडा तिरेर लिएको घर सहाराविहीनको आश्रय बन्दै आएको छ ।