मुग्लानी खबर-२२ चैत्र शनिबार
विश्वभरीको चुनौती रहेको माहामारी कोरोना भाईरसले संक्रमीत हुनेको संख्या दिन दुगुणा रात चौगुणा भने जस्तै वृद्धि भैइरहेको छ।यसै क्रममा खाडी मुलुक साउदी अरबियामा पनि संक्रमण हुनेको संख्या तिब्र रुपमा वृद्धि भैइरहेको छ।
साउदी अरबियामा जारी पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या २१७९ पुगेको छ भने आज थप १४० जनामा संक्रमण भएको बताईएको छ। राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४२० जना निको भएका छन् । आज ४ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २९ पुगेको छ । एकजना नेपाली नागरिकमा यो रोगको संक्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । सरकारी श्रोतबाट यसको पुष्ट्याँइ सहितको जानकारी आइसकेको छैन । संक्रमणको अनौपचारिक जानकारी प्राप्त भएका नेपालीसँग नेपाली राजदूतावास टेलिफोन सम्पर्कमा रहेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले यहि अप्रिल ४, २०२० शनिवारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्र (Kilo 14 South, Kilo 14 North, Al-Mahjar, Ghulail, Al-Qurayyat, Kilo 13 and Petromin) मा २४ घण्टे कर्फ्यू जारी गरेको त्यहाको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन सम्पुर्णमा अनुरोध गरेको छ।
सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकरुको अकामा तीन महिनाका लागि स्वतः नवीकरण हुने यहाँको राहदानी निर्देशकको कार्यालयले जनाएको छ । मार्च १८, २०२० वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुने जनाइएको छ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।अकमाको स्वतः नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ ।
रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ । यसको पूर्ण पालना गरौं । कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु सामाजिक संजालमा नराख्नुहुन पनि सबैमा पुनः अनुरोध छ ।
साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपालीहरुलाई साउदी स्थित नेपाली राजदुताबासले अनुरोध गरेको छ।