मुग्लानी खबर सम्बादाता काठमाडौं -कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त )को आज एकीकरण हुने भएको छ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकीकरणको तयारी अन्तिम चरणमा पुगेको र एकीकरण पश्चात् तीन अध्यक्ष रहने समेत आन्तरिक निर्णय भैईसकेको छ।आज अपरान्ह १ बजे थापा, राणा र लोहनीबीच एकीकरणको सहमति हुन गइरहेको एकीकरण सम्बन्धि अन्तिम वार्ता र छलफलले पार्टी एकीकरणको सम्पूर्ण विषय टुंग्याउँदै तिन अध्यक्षतात्मक प्रणालीलाई मान्यता दिने राप्रपा संयुक्तका प्रबक्ता किशोर बहादुर कार्कीले मुग्लानी खबरलाई बताएका छन।
प्रवक्ता कार्किका अनुसार राप्रपा नाममै थापा, राणा र लोहनी तीनै जना अध्यक्ष हुने गरी पार्टी एकीकरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याइएको छ। विगतजस्तो वार्ता टोली गठन नगरी सिधै शीर्ष नेतृत्व तहबीच भएका वार्ता र छलफलले राप्रपा घटकबीच एकीकरणका लागि सैद्धान्तिक विषयमा सहमति जुटेपछि तीन अध्यक्षतात्मक प्रणालीमा सहमति जुटेको हो।
आज अपरान्ह १ बजे पार्टी कार्यलयमा थापा, राणा र लोहनीबीच सहमति हुनेगरि मिति र समय तोकिएको छ।
राणा-लोहनी नेतृत्वको राप्रपा संयुक्तका प्रवक्ता किशोर कार्कीका अनुसार सम्भवतः सनिवार नै पार्टी एकीकरणको घोषणा पत्रमा समझदारी हुनसक्ने बताएका छ्न।
पार्टी एकीकरणको तयारी संगै चुनाव चिन्हबारे भने हालसम्म टुङ्गो भइसकेको छैन। ‘थापा पक्षले भनेको गाईलाई चुनाव चिन्ह बनाउने कि राणा र लोहनीले भनेझैँ हलोलाई चुनाव चिन्ह बनाउनेमा सहमति भइसकेको छैन्,’ राप्रपाको एक नेताले भने, ‘तर, यसअघि भएको पार्टी एकीकरणको मोडालिटीअनुसार नै चुनाव चिन्ह तय गर्न पनि दुवै पक्ष सहमत भएका छन्।’ उनका अनुसार एकताको महाधिवेशन अगाडि नै बस्ने पदाधिकारी, केन्द्रीय समिति वा अन्य कुनै विस्तारित बैठकको आयोजना गरी चुनाव चिन्ह तय गर्न सकिनेमा दुवै पक्ष सहमत भएका हुन्।
२०७३ मंसिर ६ गते थापाले नेतृत्व गरेको राप्रपा नेपाल र राणाले नेतृत्व गरेको राप्रपाबीच पार्टी एकीकरणको घोषणा गरिएको थियो। तर, सो पार्टी एकीकरणपछिको फागुन ६ गते एकता महाधिवेशनबाट कमल थापा पार्टी अध्यक्ष हुन सफल भएका थिए। थापा अध्यक्ष हुँदा फागुन ६ को महाधिवेशनले राणा र लोहनीलाई वरिष्ठ नेता बनाएको थियो।