थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आफ्ना १४ बुँदे माग राख्दै आह्वान गरेको आमहड्तालका कारण तराईको जनजीवन ठप्प भएको छ ।
तराइका जिल्लाहरु कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङसहितका जिल्ला हरु बन्द भएका हुन् ।बन्दकारण सुदूरपश्चिम प्रदेशको राजधानी पनि प्रभावित भएको छ । बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्पको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
तर प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । बन्दले बजार, शिक्षण संस्था पनि पुरै बन्द छन ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।