रामेछाप सेवा समाज कतारले हिजो शुक्रबार दोहाको नेपाली रेस्टुरेन्ट गोर्खामा आफ्नो पाचौं अधिबेशन सम्पन्न गरेको छ । अधिबेशन बाट पुन : ललित कुमार तामाङ अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छ्न ।
"प्रवासी रामेछापको आवाज,सभ्य समाज निर्माणको प्रयास भन्ने मुल नाराका साथ सन २००४ मा कतारमा स्थापना गरिएको सामाजिक सस्था रामेछाप सेवा समाज कतारले आफ्नो पाचौं अधिबेशन भब्य एवम सभ्य तरिकाले सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष ललित कुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ३ समन्य परिषद कतारका अध्यक्ष समिर केसी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले सस्थाले स्थापना काल देखिनै गरि आएका कार्यहरुको चर्चा गर्दै आगामी दिनमा अझै उन्नति र प्रगतिको कामना गरे ।
सस्था स्थापना गर्नुमात्रै ठूलो कुरा नभएर ठोस परिणाम दिन सक्नु आजको आबस्याता रहेको औंलाउदै पुरानो कार्यसमितिले गर्न बाकी रहेको काम आउने टिमले पूरा गरोस भन्ने कामना गर्दै छैटौं अधिबेशनबाट निर्बाचित हुनुहुने सम्पुर्ण कार्यसमितिलाई अग्रिम शुभकामना दिएका थिए।
ब्यानर उट्घाटन दिप प्रज्वनन सङ्गै सुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य आशिष मोक्तान तामाङ र रामेछाप जिल्लाको नाम किन कसरी रहयो भन्ने बारेमा उद्दव कुमार मगरले प्रष्ट पारे । त्येस्तै संस्थाको प्रगति प्रतिबेदन निर्मल खड्की र आर्थिक प्रतिबेदन महासचिव नर घिसिङ तामाङले प्रस्तुत गरे
कार्यक्रममा सफलताको शुभकामना राख्ने हरुमा उत्तम गुरुङ,अमिना खान लगायतले समाजले दोहामा मात्र सिमित नरहेर जिल्ला बासीको हक हितको लागि अगि बढ्दै रामेछापमा भैपरि आउने समस्याको हितमा आवाज बुलन्द पार्दै अगाडी बढेकोमा खुशी प्रकट गरे ।
सभापति ललित कुमार तामाङले बोल्दै कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिनु हुने सम्पुर्ण संघ सस्थाका प्रतिनिधिहरु सल्लाहकारहरु, लगाएत आफ्नो कार्यकालमा कार्यभार सम्हाली पदिय जिम्मेवारी पूरा गर्नुहुने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण भने सस्थाका महासचिव नर घिसिङ तामाङले गरेका थिए ।
रामेछाप सेवा समाज कतारको पाँचौ अधिबेशन बाट निर्बिरोध नयाँ कार्यसमिति यश प्रकार छ ।
अध्यक्ष : ललित कुमार तामाङ
प्रथम उपाध्यक्ष : निर मगर
द्वितीय उपाध्यक्ष : रबि चन्द्र कार्की
महासचिब : नर घिसिङ तामाङ
सचिब : निर्मल नेवा: खड्गी AKA लग आउट
कोषाध्यक्ष : आशिष मोक्तान तामाङ
सह कोषाध्यक्ष : शुभ राज सुनुवार
सदस्य - बिन्दा खत्री
सदस्य - रेनुका लामा
सदस्य - बिनिता घिसिंङ तामाङ
सदस्य - अन्जु मोक्तान तामाङ
सदस्य - अशोक बल तामाङ
सदस्य - अजय लामा तामाङ
र बाँकि सदस्यहरुलाई नयाँ कार्यसमितिले तोकिएको पहिलो पूर्ण बैठकबाट अध्यक्ष र सल्लाहकारहरुको प्रत्यक्ष रोहबरमा मनोनयन गर्ने निर्णय गरिएको छ |
साथै रामेछाप दोहा सम्पर्क समाज कतार बाट सस्थाको नाम परिबर्तन गर्दै पाचौं अधिबेशन बाट रामेछाप सेवा समाज कतार राखिएको पनि नव निर्बाचित महासचिव नर घिसिङ तामाङले मुग्लानी लाई जानाकारी गराए ।