नेपाल प्रवासि तामाङ समाज कतारको आयोजनामा २८५६ औ सोनाम ल्होछार( नयाँ बर्ष) (नम्युङ)ल्हो मुसा वर्ग बृहत् साँस्कृतिक कार्यक्रम २०२० सम्पन्न भएको छ ।
राष्ट्रिय पर्व सोनाम ल्होछार घर घरमा मनाँउ संस्कार संस्कृतीको संरक्षण एवं प्रबर्द्धन गरै भन्ने मुल नाराको साथमा यहि गत २४जनवरी शुक्रबारको दिन कतारको मिसाइद स्थित अम्वाज क्याम्प -2 मा भब्यताका साथ सप्पन्न भएको छ ।
नेपाल बाट निम्ताएका चर्चित कलाकार हरु प्रथम नेपाल आईडल बुद्ध लामा, चर्चित सेलो गायक तथा संगितकार सञ्जित वाईबा, बरिष्ठ म्हेन्दोमाया गायक राम गोम्ज, चर्चित सेलो गायिका अञ्जु लामा र स्थानिय कलाकारको बेजोड प्रस्तुतिका साथ भब्य तरिकाले कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष धिरेन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेल रहेका थिए। त्यस्तै अन्य विभिन्न संघसस्था,पत्रकार,बुद्धिजीवी तथा सामाजिक ब्यक्तित्व,लामा गुरु, विशेष अथिति,अथितीको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर उट्घाटन दिप प्रज्वनन संगै उपस्तिथ सम्पुर्ण बाट नेपाली रास्ट्रिय गीत र कतारी रास्ट्रिय गीत गाउँदै सुरु गरिएको कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अथिती भुजेलले तामाङ समाज कतारले प्रवासी भुमी कतारमा रहेरपनि आफ्नो मौलिक सस्कार सस्कृती,रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताए।
बर्तमान नेपाल सरकारले जनजातिहरुका राष्ट्रिय पर्बहरुमा समेट छुट्टी कटौती गरि बिभेद गरेकोमा रुष्टहुँदै सबै आदिबासी जनजाती एक भैइ राजनितिक मुद्दालाई बुलन्द पार्नु पर्ने बताए। सम्पुर्ण नागरिक हरुका समान हक हितका लागि यो मुद्दा पुनः उजागर गर्नुपर्नेमा भुजेलले जोड दिए ।
त्यस्तै मन्तव्य राख्ने अन्य ब्यक्तीहरुमा जिल्लागत सस्थाबाट प्रदेश नम्बर ३ समन्वय परिषद कतारका अध्यक्ष समीर केसि, सम्पुर्ण मातृ सस्थाको तर्फबाट मिलन कुमार भुजेल ,मनिष यादव लगायतले २८५६ औ सोनाम ल्होछार पर्वको सुभकामना दिदै आफ्नो मौलिक चाडपर्व हरु बिस्वको जुनसुकै देशमा गएपनी भुल्न नहुने बताउदै कार्यक्रम सब्य भब्य भएको बताए ।
मन्तब्य दिनेहरु सम्पुर्णले आ आफ्ना तरिकाले सुझाब सल्लाह दिदै नेपाल प्रबासी तामाङ समाज कतार द्वारा विभिन्न समयमा गरिएका कार्यक्रम प्रती खुसी ब्यक्त समेत गर्न भ्याए।
बिशेष गरि नेपाली तामाङ समुदायको यो नयाँ बर्षको रुपमा मनाईने मौलिक तथा राष्ट्रिय चाडका बारेमा किन कसरी र कहिले देखि मनाईन्छ भन्ने बारेमा सस्थाका विशेष सल्लाहकार माइला वाइवा तामाङले प्रष्ट पारे जस अनुसार ल्होछार:-- ल्होछार २ वटा अक्षर मिलेर बनेको हुन्छ,(ल्हो+छार) "ल्हो"अर्थ साल र "छार"को अर्थ नयाँ हो।ल्होछार अथवा "नयाँ"बर्ष हो।नेपालमा बसोबास गर्दै आइरहेको धेरै जसो बुद्ध धर्मलाम्बीहरुले "ल्होछार"कै नामबाट नयाँ बर्ष मनाउने कुरा उल्लेख गरे
सभापती धिरेन तामाङले बोल्दै उपस्थित सम्पुर्ण विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्नुहुने अतिथि हरु, कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्ने कार्यसमिती तथा बिभिन ठाउँ बाट योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको बताए ।
उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत कार्यक्रमका संयोजक गौतम तामाङ ले दिएका थिए।औपचारिक कार्यक्रमको सहजीकरण सस्थाका कार्यवाहक महासचिव प्रेम घिसिङ तामाङ र तेज मोक्तान तामाङले गरेका थिए।
सास्कृतिक कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्किने विभिन्न नाच नृत्य झाकी हरुको प्रस्तुति सँगै तामाङ समाज कतारकै सक्रिय कलाकार हरुको बेजोड प्रस्तुति पनि रहेको थियो ।
त्येस्तै प्रथम नेपाल आइडल बुद्ध लामाले “सानि नानी नरिसाउ मलाई फकाउन आउदैन“ जस्ता चर्चित आधा दर्जन गीत प्रस्तुत दिदा दर्शक दीर्घले भरपुण मनोरञ्जन दिलाए ।
अर्का चर्चित सेलो गायक तथा संगीतकार सन्जिव वाइबाले “तामाङ गोइलो लाउदा हजुर कति राम्री देख्ने“ लगायत दर्जनौं सेलो सांगितमा धुम मचाएका थिए । त्यस्तै नेपाल बाटै आमन्त्रित चर्चित सेलो गायिका अन्जु लामा र चर्चित म्हेन्दोमाया गायक राम गोम्जाले आधा दर्जन भन्दा बढी सेलो र म्हेन्दोमाया गित सङ्गीतले माहोल नै तताएको थियो ।
नेपालमै गरिएको ल्होछार कार्यक्रमको रौनक्ता भन्दा कुनै कमिथिएन, उपस्थिति सम्पुर्ण दर्सक अतिथि गीत सङ्गीतमा झुम्मिरहेका थिए।
सास्कृतिक कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष सुबास तामाङ र मनि लामा तामाङले गरेका थिए। सन २००५ मा कतारमा स्थापना गरिएको सस्थाले सक्रिय रुपमा तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै मौलिक सोनाम ल्होछार चाड भब्य तरिकाले मनाउँदै आएको छ ।