तिलु शर्मा पौडेल /दोहा कतार
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको मुल आयोजनामा २८५६ औं सोनाम (जिवा, नाम्यूङ ल्हो) ल्होछार समारोह तथा प्रथम वार्षिकउत्सव-२०२० बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ l
१७ जनवरी २०२० मा ग्रान्ड मल स्थित एसियन टाउन, सनैयामा सम्पन्न हुन् लागिरहेको कार्यक्रमलाई भब्य बनाउन संस्थाका उपाध्यक्ष वाङ्ज्यु लामा तामाङको संयोजकत्वोमा २१ सदस्यीय ल्होछार मुल समारोह समिति गठन गरि कार्य बिभाजन गरिएको छ l कार्यक्रमका लागि नेपालबाट तामाङ संस्था डाजाङ का अध्यक्ष तथा तामाङ सेलो गायक संगीतकार फुल कुमार बम्जन, शुभ घलान तामाङ को साथमा कर्णप्रीय आवाजकी धनी चर्चित गायिका पुर्णिमा लामा पनि कतारमा आउने भएकी छिन ।
‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको मूल अभिभारा” भन्ने मुल नारालाई आत्मसात गर्दै तामाङ समुदायको मौलिक पहिचान भेष भुषा,भाषा, धर्म, लिपि, कला ,संस्कार संस्कृतिलाई जगेर्ना तथा बिश्वव्यापी रूपमा प्रबर्द्धन गर्ने उदेश्यले ल्होछार समारोह गर्न लागिरहेको र कार्यक्रम को मुख्य आकर्षक धार्मिकग्रन्थ अनुसार पुजापाठको लागि पवित्र लाभदायक मानिने भएकोले लामा गुरुहरु द्वारा मोलम मन्त्र प्रवचन गर्दै पुजापाठ ध्यान गरि लामा नाच तथा विभिन्न झाँकी प्रदर्सन गरिन आयोजकले जनाएको छ ।
ताम्बा घेदुङले तामाङ हरुको संस्कार संस्कृति रितिथिती, बारेमा प्रस्टाउने गरि आफ्नो प्रस्तुति पस्किने तयारी गरिरहेको छ l अतिथि कलाकारहरु संगै कतारमा स्थापित दर्जन भन्दा बढी कलाकारहरुले आफनो सांगीतिक प्रस्तुति दिने भएका छन l कार्यक्रममा मौलिक बाजा डम्फु नाच, फापरे सेलो, तामाङ सेलो , तामाङ गित, म्हेन्दोमाया गित र नृत्य, दुवै विधामा साँस्कृतिक प्रस्तुति राखिने सूचना तथा सञ्चार बिभाग प्रमुख डिबि तामाङ ले जानकारी दिएका छन l
कार्यक्रम स्थल सम्म जान आउन बिभिन्न स्थान बाट निशुल्क यातायातको ब्यबस्था समेत गरिएको छ l