केरखा झापा : किरात लिम्बुहरुको महान चाड गएको शनिबार किरात याख्थुङ् चुम्लुङ् कमल गाउपालिकाले केरखा को खेल मैदानमा बृहत तासोक ताङ्गनाम कार्यक्रममा बिबिध खेल र सास्कृतिक कार्यक्रम भव्यताका साथ् आयोजना गरिएको थियो !
जसमा कमल वडा न ४ को किया चु को तर्फबाट नृत्य र च्याभ्रुङ् नाचमा भाग लिएका थिए भने नृत्यमा तेस्रो र च्याभ्रुङ् केलाङ्मा प्रथम भएको थियो त्यस्तै गरि त्यो भन्दा अघिल्लो दिन शिव सताक्षी धरमपुरले पनि आयोजना गरेको चासोक ताङ्नाम/उधौली सास्कृतिक कार्य क्रममा कलाकाहरुले केलाङ् प्रस्तुति गरेकाले सबै कलाकार तथा प्रशिक्षकहरु लाई पुन:भेलागरी मुजुर भिटा सृजंगा टोलमा भिम बादुर लावतीको सभापतित्वमा लिम्बु सस्कृतिक अनुसार कार्यक्रमको उद्घाटन गरी राष्ट्रियगान गाएर च्याभ्रुङ् नाच पनि प्रदर्शन गरेको थियो ! कार्यक्रममा प्रमुख अथिति विष्णु जबेगु र सभापति भिम बहादुर लावतीले कलाकार हरुलाई सम्मान गरेको थियो !
कलाकारहरु क्रमश: महिलाहरु दिपा गिरी , एनबी लिम्बु, सुस्मिता राई, बिबिशा नेम्बाङ्, सुष्मिता शेर्मा, मनिषा फागो, रेश्मा लिम्बु, टिका लावती, बाबा फ्याक र पालिका मुस्या त्यस्तै पुरुषहरु आदित्य शेर्मा, मनोज खेवा, बिक्रम लक्शम, अजय राई, भिबियन राई, मिलन बेघा, पङ्कज लिम्बु र अनिल आङ्देम्बेहरुलाई सम्मान-पत्र सहित मायाको चिनो दिएको थियो भने च्याभ्रुङ् प्रशिक्षक बिमल शाम्रा लिम्बुलाई उच्च सम्मान गरिएको थियोे ! बिशेष अथिति सामाजिक अभियन्ता बिरेन्द्र याख्थुम्बा/शुवास र मिडियाकर्मी बिआर एस चेनलका बसन्त लिम्बुलाई पनि रुद्राक्ष माला लगाई सम्मान गरिएको थियो ! सो कार्यक्रममा प्रमुख अथिति विष्णु जबेगुले कमल गाऊपालिका वार्ड न ४ को कार्यसमिति तथा कलाकार सहयोगी र पत्रकार सबैको प्रसशा गर्दै सम्पूर्ण लाई धन्यवाद दिएका थिए , त्यस्तै च्याभ्रुङ् तथा सास्कृतिक संयोजक बिबि खेवा लिम्बुले नृत्य र च्याभ्रुङ् नृत्यमा धरमपुर र केर्खामा भएको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेर वडा न ४ को इज्जत राखेको मा प्रशिक्षक बिमल लिम्बु र कलाकारहरुलाई धन्यवाद ब्यक्त गरेका थिए भने बिशेष अथिति बिरेन्द्र याख्थुम्बा शुवासले पनि शुभ कामना सहित कमल गाऊपालिकामा वडा न.४ को कियाचु संस्थाको एकता र कलाकारहरुको अनुशाशन र कला प्रतिभाको उच्च प्रसंशा गर्दै आफ़ु र मिडियाकर्मी बशन्त योङ्हाङ्लाई सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए |
त्यसैगरी चुम्लुङ्का बिशेष ब्यक्तित्व समाज सेबी प्रल्हाद खेवाले धरमपुरमा भएको कार्यक्रममा आफ्ना कलाकार र आयोजकहरुलाई गरेको सम्मानको प्रसशा गर्दै केरखामा भएको तासोक ताङ्नाम पनि विगतभन्दा राम्रो भएको र अब आउदा दिनमा आफ्नो वार्ड ४ का कलाकार भाई बैहिनिहरु झन् उत्साहित भएको बताएका थिए भने कलाकार लिडर मनोजले आफुहरुलाई सम्मान गरेकोमा कलाकारहरुको तर्फबाट आयोजकलाई धन्यबाद दिएका थिए ।। शुक्र लावतीले सचालित उक्त कार्यक्रममलाई सभापति भिम बहादुर लावतीले रियल्सन देखि अन्त्यसम्म प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए|