मुग्लानी खबर-२७ मङ्सिर
जीवन के हो भन्ने सवालमा सबैको आ-आफ्नो तर्क हुने गर्छ, केहि समय पहिला नेपालका चर्चित गायक शिव परियार जी ले भन्नु भएको थियो, गजल आखिर गजल नै रहन्छ त्यो गाएर सुनाए पनि , लेखेर टासे पनि वा वाचन गरेर सुनाए पनि,भने झै हो जीवन जसले जतासुकै बाट तर्क गरे पनि जीबन भनेको जन्म र मृत्यु बिचको समयलाई नै बुझ्ने गरिन्छ। मेरा यो भन्दा पहिलाका विभिन्न अनलाईन मार्फत प्रकासित भएका ‘सफलता भाग्यले होईन छनौटको कारण हो” शिर्षकको लेखमा पनि जिवन B र D बिचको एक अक्षर C हो भनेको मतलब पनि जन्म र मृत्यु बिचको यात्रालाई नै भनेको थिए,त्यसैगरी “तपाईं कति खुसी हुनुहुन्छ?” शिर्षक को लेख पनि मान्छेका हरेक जीवन सङ्ग प्रतिनिधित्व गर्ने लेख हुन। समग्रमा भन्नु पर्दा जीवन आज होईन केवल अहिलेको मात्र प्रत्येक स्वास, प्रत्येक पाईला, प्रत्येक भेट, प्रत्येक बोली यहि नै हो। कसैलाई थाहा हुदैन कुन स्वास, पाईला, भेट अनि बोली अन्तिम हुने हो त्यसैले भनेको हु जीवन प्रत्येक सेकेन्डको मात्र हो। हरेक सेकेन्डको जीवन कसरी जिउने त्यो आफै तय गर्नुपर्दछ। यसको छनौट गर्ने सम्पुर्ण अधिकार पनि आफै सँग छ धेरैको सुन्नु तर निर्णय आफ्नै दिलको लिनु किन भने आफ्नो दिलले आफैलाई कहिले धोका दिदैन।
मानिस जन्मिदै ब्राह्माण्ड भन्दा पनि बिशाल दिमाग लिएर आएको हुन्छ,युवा बैज्ञानिक कपिल पौड्याल जीले भन्नु भएको झै आधुनिक i7 प्रोसेसरको ६४ वटा कम्प्युटर एक साथ जोड्ने हो भने त्यो सुपर कम्प्युटर बन्ने छ त्यो घर जत्रो हुने छ। तर मानव मस्तिष्क त्यो भन्दा कैयौ गुणा बिशाल ठुलो छ। केवल प्रोग्रामिङ गर्नुपर्छ, साएद उहाँले भनेको प्रोग्रामिङ भनेको ज्ञानलाई होला अध्यन,योग, ध्यान साधनालाई होला । यसै क्रममा राम दाईको कथाको याद आयो आशा छ, यो कथा पढे पछि केही कुरा सिक्ने छौ ।
राम दाईः- म कुनै दिन डिप्रेसनको अवस्थामा हुदा यस समस्याको समाधान कसरी होला भन्दै खोजिरहेको थिए । कैयौं पटक आत्माहत्या गर्ने कोसिस नगरेको पनि होईन, तर खै दिन नआएर होला सकिन। लाग्दथ्यो मलाई यो दुनियाँमा म किन बाच्नु कसको लागि के का लागि बाच्नु? एक दिन बजार बाट म आफ्नो कोठामा फर्कदै थिए वाटोमा अलपत्र परेको भगेराको बच्चा भेटे वरिपरि हेरे कहि कतै देखिन यस मरुभुमीमा कहाँबाट आयो होला एक्लै कराउदै छ, मैले सोचे आफै यति धेरै तनावको बिचमा बाचीरहेको छु यो चराको पछी किन पर्नु अनि म दुनियाको ठेक्का किन लिनु भन्दै सरासर अगाडि बढे। केही पर पुगे पछी अनयासै मनमा अनौठो महसुस भएर आयो आफ्नै सुरमा बगिरहेको मनमा एकाएक अशान्ति मच्चियो तत्पश्चात मन थाम्न नसकी फर्केर गए त्यहाँ पुग्दा देखिन, ला! कहाँ गयो? अनि मनमा चिसो पसेर आयो, कही बिरालोले त... होईन होईन यतै कतै गयो होला, टन्टालापुर घाममा नाक खुम्च्याउदै आकाश तिर हेरे, याताउता यत्रतत्र खोज्न थाले बिचरा कहाँ गयो होला, यो सुनसान मरभुमीमा खोज्दै केही पर फुर्रफुर्र गर्दै सकिनसकी उड्ने कोसिस गरिरहेको रहेछ। उसको भाषामा चिरचिर गर्दै पनि छ, सायद आफ्नो आमा वा कहि कसैलाई सहयोगको लागी बोलाईरहेको थियो होला। त्यो उजाड मरभुमीमा कहाँ होला यसको आमा सायद कति खोजिरहेको होला, भन्दै समाउन खोजे उ म देखी बच्नकै लागी भाग्दै गर्यो, केहि बेर चोर पुलिसको खेल पछि समाउन सफल भए, अरबको गर्मी अनि छुटे देखी निरन्तर कसरत गरेकोले होला मर्न लागेको थियो। समाएर सम्हाल्दै कोठामा लिएर गए अनि केहि समय पश्चात म आफ्नो कोठामा पुगे उसलाई पानी पिलाएर केहि असहजताको बाबजुद केहि पानी पियो त केही पोखियो। सोचे यसलाई भोक लाग्यो होला के दिउ त खानेकुरा के खान्छ सायद चामल भन्दै चामल निकालेर दिए खान जानेन सायद आमाको साहारामा बाचेको हुन पर्छ या मलाई देखी डरायो खाएन, मैले बिस्तारै चुच्चो खोल्दै चामलको दाना मुखमा हालिदिए , उसले खादै गयो। क्रमशः केहि दिन पछी यति धेरै घुलमील भयो की म बाहिर बाट आउदाँ उसको आमा आए झै गरि पखेटा फरफर पार्दै खाना मागेको हुन्थ्यो, म पनि बिस्तारै उसको खुशिमा रमाउन थालेछु क्यारे बाहिर जादाँ पनि उसलाई भोक लाग्यो की भनेर याद आउन लाग्यो। जब जब म उसको छेउमा जान्छु उसको हर्कत बाट आनन्द लाग्न लाग्यो। त्यहिँ चराको मायाले नै होला, मन बाट कल्पना कम हुदै गयो क्रमिक चरा पनि उड्न लाग्यो । त्यस पछि मैले सोचे अब त यो आफ्नै तरिकाले बाच्न सक्छ यद्यपी उसलाई झ्याल खोलेर छोडे तर जान मानेन सायद मेरो स्नेह को कदर गर्यो होला । फेरी भित्रै ल्याए एक दिन त बाहिरै गएर उडाय तर केही माथी उडेर फेरि मेरै काधमा आएर बस्यो,फेरी छोड्न सकीन त्यसैले फर्काएर ल्याए, आजभोली मेरो सोच बदलिएको छ। अब म भौतिक दुनियाँ सँग टाढा हुने कल्पना आउदैन, किन भने चरा छ मेरो कोठामा जसले मेरो बाटो हेरर बसेको छ जब म ढोका खोल्छु तव उ मेरो आफ्नै छोराछोरी झै गरि रमाउने गर्छ। फार्रफुर्र दायाबायाँ, तल माथी, कति नै बुबा बाहिर बाट घरमा छिर्दा छोराछरीले चकलेटको आस गरे झै केहि आस गरिरहेको हुन्छ।
कुनै दिन कोठामा फर्कनै मन नहुने मन आज भोलि चराकै लागि बाहिर कम बस्न मन हुन थालेको छ किन भने जिम्मेरवार बोध भएको छ। जिम्मेवारी यस्तो परिबन्ध हो जो दुनियाँको सबै बिधान, संबिधान, निति र नियम भन्दा ससक्त हुन्छ। जब म अफिस बाट फर्कन्छु अनि त्यसै चरा सँग बस्न लागे रमाउन लागे बिस्तारै बिस्तारै मैले आफ्नो सारा दुःख पिडा चराकोको खुसी सँग साट्न थाले मलाई छोडेर जान मान्दैन म बिना को नै छ र? यसको यो दुनियाँमा नि मेरो सारा दुःख यसको मायामा समर्पित भएर बिलाउथ्यो । त्यसैले केही फरक सोच्न थाले बिस्तारै म रिकभर हुदै गए। मेरो सोच फेरिए अनि मेरो योग,ध्यान साधना तिर केहि लगाब हुन लाग्यो, युटुबमा पाईने प्रेरणादायी भिडियो हरु खोज्न थाले सुन्न थाले। आज समयले त्यो मरभुमीको चरा म सँग साथमा छैन तर उसको कारण बदलिएको सोचले आज म जिउदो छु, अनि म हरेक बाटोमा फेरि त्यस्तै हजारौ मरभुमीको चराका लागी जिउनु छ आज भोलि पनि जब म पैदल यात्रामा निस्कन्छु बाटो दायाँवायाँ आँखा पुग्ने गर्दछ लाग्छ कहि कतै मरभुमीको चराले मलाई बोलाई रहेको त छैन? आज यो दुनियाँमा सवै भन्दा खुसी छु । मैले आजको दिनमा सबैभन्दा धेरै खुसिको प्रत्याभुति गरेको छु । यसको श्रेय मरभुमीको चरालाई दिन्छु।
यस कथाको तात्पर्य यहि हो की आफुसँग जे छ त्यसैमा खुसी हुन सिक्नुहोस। एउटा चरा कै कारणले राम दाईको जीवन बदलियो खुसी हुने कारणहरु बाकस भरि हुदैनन्, बजार गएर झोला भरी किनेर ल्याउन पाईदैन। भनिन्छ नि! आफ्नो लागी त जो पनि बाचेको हुन्छ अरुको लागी बाँचेर हेर!जो बाच्यो त्यो नाच्यो भने झै सायद राम दाईले अरुको लागी बाच्ने निर्णय नलिएको भए आज हाम्रो सामु प्रेरणादायी कथा हुने थिएन। जीवन भगवानको सुन्दर सिर्जना हो जसको लागि देवताहरुले पनि ईष्या गर्छन, भने खुसि जिवनको सुन्दर फुल हो जसको वासनाले कयौं मानव जीवन सुखमय बनाएको छ। खुसी मानव जीवनको वासना हो यसलाई खोज्नुहोस यहि कतै दायाँबायाँ तपाई कै वरिपरि छ । साचिकै मानिसको दिमाग बैज्ञानिक कपिल पौड्याल जीले भने झै बिशाल छ केवल हामी भित्रको नकारात्मक कुराले भरिएर साघुँरो बन्दै गएको छ। कमी छ त केवल प्रोग्रामीङको त्यो पनि आजै वाट सुरु गर्नुहोस। आज अहिले भर्खर बाट सुरु गरौ छातिमा हात राखेर। धन्यबाद राम दाई तपाईले मेरो सोच बदलिदिनु भएको छ। परिवर्तनको पहिलो सुरुवात आफैबाट गर्नु पर्छ र आज मेरो परिवर्तनको पहिलो पाईला पहिलो पाईला… खिम सुनार दोहा,