मुग्लानी खबर- २२ मङ्सिर
यदी हामीलाई असफल बनाउने ब्यक्ति यस धर्तीमा छ भने त्यो अरु कोही होईन हामी आफै हो। हामी आफ्नो जिवनको ९८ कुरा आफै छनौट गर्न सक्छौ भन्ने ज्ञान हुदैन अनि भाग्यमा निर्भर पर्छौ । हामि सँग कहाँ जाने नजाने, के खाने नखाने, के गर्ने नगर्ने, यहा सम्म की साथी देखी जिवन साथी सम्म आफै छनौट गर्न सक्छौ, यसै बेला एउटा कथा याद आयो अनुमति माग्दै सुर गरेः- एक जना ब्यक्ति अन्जान जंगलको बाटोमा यात्रा गर्दै थिए , केहि पर पुगे पछि दोवाटो आयो, दुइ बाटो मध्य एक सरल अनि अर्को चुनौतीपुर्ण थियो, तर उनले सोहि चुनौतीको सामाना गर्ने हिम्मत गरे अनि अरु भन्दा सफल बने मतलब यो हो की उनमा चुनौती पुर्ण बाटो छनौट सहि थियो र उनलाई सफलता मिल्यो, उनि पनि अरु जस्तै भाग्यमा भरोसा गरी सबैजना जस्तै सरल बाटो रोज्थे भने सफलता कहाँ मिल्थ्यो। केवल दुई कुरा हाम्रो छनौटमा छैन, त्यो एउटा जन्म अर्को मृत्यु हो, हाम्रो जन्म र मृत्यु सँग सम्बन्धित हाम्रो छनौट भन्दा बाहिर छ। यस अर्थमा आमा बुवा र मृत्युको समय कसैले चाहेर पनि परिवर्तन गर्न सक्तैन किन कि त्यो हाम्रो हातमा छैन। तर अन्य छनौट भने हाम्रो आधिकारमा छ,त्यसैले अंग्रेजी (A B C D) वर्णमालालाई उदाहरण आधार मानेर केही प्रेरणादायी शब्द लेख्ने जमर्को गरेको छु । म बाट हुन गएको त्रुटिमा क्षमा माग्दै सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछु।
(A=Abstract ) अमूर्त छ न कसैले देख्यो न त अनुभव नै गर्यो।
(B=Birthday (Beginning) हाम्रो सुरूवात भयो।
(C=Choice) छनौट हरेक निर्णय जुन हामी आफ्नो जीवनको बारेमा सोच्छौ।
(D= Death) मृत्यु भनेको सबै जैविक कार्यहरूको स्थायी समाप्ति हो जुन जीवित हुदाको कर्मलाई सधै सधै सम्हाल्ने गर्छ।
जन्म र मृत्युको (B D) बिचमा जुन एक अक्षर (C) मात्रै छ त्यहि हो जीवन । आज हामी जिउदो छौ किन कि जिउदो हुनुको कारण हिजो जन्म भएको थियो । हामीलाई राम्रो सँग थाहा छ कि जन्मिने कुरा हाम्रो हातमा थिएन। जन्मिने कुरा हाम्रो हातमा थिएन भने मर्ने कुरा पनि त हाम्रो हातमा छैन आखिर किन हामी मर्ने कुरालाई यति भयभित भएका छौ। B= अर्थात Birth र D अर्थात Death ( B- D)जन्म र मृत्युको बिचको C नै हाम्रो जीबन हो यसलाई कसरी जीउने हो त्यसको निर्धारण आफै गर्न पर्छ हरेक निर्णय जुन हामी आफ्नो जीवनको बारेमा लिन सक्छौ, उदाहरणका लागि जहाँ हामी बस्न रोज्नु सक्छौ, कस्तो प्रकारको काम गर्नु रुचाउछौ, विवाह गर्ने नगर्ने स-साना देखी ठुला-ठुला ब्यक्तिगत निर्णय गर्न सक्नु हुन्छ आदि। B, जन्म हाम्रो हातमा छैन नि D, मृत्यु पनि हाम्रो हातमा छैन Between B- Birth and D- Death, there is "C"- That is the choice of my life, B- जन्म र D- मृत्यु बीच, त्यहाँ "C" छ - त्यो मेरो जीवनको छनौट हो। B र D कहिल्यै हाम्रो हातमा छैन तर C- अर्थात choice छनौट भने सधै हाम्रो हातमा रहन्छ। यस अर्थ आज हामि जहाँ जे जस्तो अवस्थामा छौ, त्यो अरु कसैको होईन हाम्रै छनौटको परिणाम हो । त्यसैले किन मर्छौ भन्दा पनि के को लागी जन्मिएका हौ त्यो पत्ता लागाउन सकियो भने जीवनमा सफलताको शिखर चुम्ने छौ, त्यसैले फेरि पनि म भन्छु यदि हामीलाई हरेक सफलता मिलेको छ भने त्यो हो सहि समयमा सहि चिजको छनौटले हो भाग्यले होईन। भाग्यमा आशाबादी बनेर होईन, सहि समयमा सही छनौट गरौ साथमा कर्म गरौ र सफलताको शिखर चुमौ । यस दुनियाँमा हामीलाई हराउन सक्ने कोहि जन्मेको छैन यदी जब सम्म हामी स्वतः हार स्विकारदैनौ
खिम सुनार दोहा कतार।