सुवास गोतामे शुक्रवार, फागुन १३, २०७३
काठमाडौं: महाशिवरात्रिका अवसरमा पुशपतिनाथ मन्दिर आसपास हुने सवारीजाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले १३ स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चावहिल - गौशाला, पुरानो बानेश्वर-गौशाला, ज्ञानेश्वर मैतिदेवीमोडबाट रातोपुल हुँदै गौशाला, मैतिदेवी-पुरानो बानेश्वर, द्वारिकाज होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल-जयबागेश्वरी, लामापोखरी कुटुबहाल-मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ जाने सडक, तिलगंगा-गौशाला जाने सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।
त्यसैगरी, मालवाहक सवारीसाधनहरु तीनकुनेबाट सिनामंगल हुँदै तिलगंगातर्फ जाने सडक, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी हुँदै बौद्ध चुच्चेपाटीबाट चावहिल जाने सडकमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।
महाशाखाका अनुसार मालवाहक सवारीसाधनको हकमा तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिलतर्फ आउने सडक, नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि उक्त दिन रोक लगाइएको छ । यात्रुवाहक सवारीसाधनलाई सञ्चालन गर्न ट्राफिक प्रहरीले विभिन्न सडकखण्डमा डाईभर्सन राखेको छ। जसअनुसार नयाँबानेश्वर-तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ महाशाखाले जनाएको छ ।
त्यस्तै, रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ। कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कनु पर्ने छ।
त्यसैगरी, रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने माइक्रोबस र टेम्पोलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माइक्रोबस तथा टेम्पो पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको छ । महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भक्तजनलाई दर्शन गर्न कुनै अपठ्यारो नहोस् भनेर सडकलाई व्यवस्थित पार्न सवारी रुट मिलाइएको बताए।
उनले भने,‘ देशविदेशबाट आउने दर्शनार्थीको भीडभाड हुन्छ, दशर्न गर्न सवैलाई सहजहोस् भनेर केही रुटमा सवारी आवागमन निषेध गरिएको हो, यात्रुवाहक सवारीसाधनलाई डाईभर्सन गरेर सञ्चालन गर्नेछौं। अन्नापुर्नापोस्त