मुग्लानी खबर- २८ भदौ
नेपाल तामाङ कलाकार संघको छैटौं अधिबेसनबाट सन्जिब वाइबा तामाङ निर्बाचित भएका छन।
नवनिर्बाचित कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष -बिश्व दोङ तामाङ, उपाध्यक्ष- शासिकाल मोक्तान तामाङ,महासचिव- बिशाल काल्तन ,सचीव -रोशन फ्युबा तामाङ, कोषाध्यक्ष- सुबास मोक्तान निर्वाचित भएका छन।सदस्यहरुमा चन्दनी मोक्तान,फुल कुमार बोम्जन,निर्मला घिसिङ,बुद्ध लामा कुमार स्यङ्बा, कुमार तामाङ, जितु लोप्चान, मिङ्स लामा,प्रयास दोङ, बैरागी मोक्तान,योगेश लामा गरि हाल १७ जनाको कार्यसमिति र खेम मोक्तान,जोक्र लोप्चन,अशलाल तामाङ गरी ४ जना सदस्यहरु पहिलो बैठकबाट मनोनीत गरिने बताईएको छ।
"सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको बिकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता !! भन्ने मूल नाराका साथ बिस २०६३ मा स्थापित सस्था नेपाल तामाङ कलाकार संघको १२ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन आज २०७६ भदौ २८ गते शनिबारका दिन "दि साँझ लज एण्ड बार" नयाँ बस्तीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी छैटौं अधिबेशन सम्पन्न गरेको हो।
सस्थाका वर्तमान अध्यक्ष सन्जिब वाइब तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नबिना लामा रहेका थिए। विशेष अतिथिहरुमा टाँसि लामा ,कुमार घिसिङ, कलाकार संघका चन्द कुमार मोक्तान, शिला बहादुर मोक्तान, प्रतिप बोम्जन तामाङ, तुलसा वाइबा, इन्दिरा योजना, दिपेन्द्र दोङ तामाङ ,बिकु थोकार, बिष्णु मोक्तान ,खोज राज गोले, मिक्सन तामाङ ,अशोक सिङ्दन तामाङ ,चन्द्रमाया बोम्जन,अमिर दोङ, चन्द्र कुमार दोङ लगायत विभिन्न प्रवासका संघ सस्था समाज सेवी बुद्दीजीवि हरुको बाक्लो उपस्थिति रहेको थियो।
उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य महासचिब बिस्व दोङ तामाङ संगै शुबास मोक्तान ,योगेश तामाङ लगायतले स्यारटि केसै याङ तामाङ नोबरी क्यासै न्याङ तामाङ गित पश्चात् सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर उद्घाटन तथा दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत गायर कार्यक्रम शुरुवात गरिएको थियो।
कार्यक्रममा सुक्र लामा,सुरेन्द्र थिङ तामाङ,बिस्णु मोक्तान तामाङ,बिकु थोकार तामाङ,टाँसि लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।मन्तब्यको क्रममा प्रमुख अथिती नबिना लामा ब्यानरमा उल्लेख गरे जस्तै तामाङ कला सस्कृती जोगाउन सस्थाले उल्लेखनीय कार्य गरोस भन्ने शुभकामना दिदै केहि आफ्नो कला सस्कृति रिती रिवाज परम्पराबाट बिमुख हुनु आफैमा दुखद कुरा भएको बताएकि थिइन । कला सस्कृतीले रास्ट्रको पहिचान जोगाएको हुन्छ,अहिलेको अवस्थामा तामाङ कला सस्कृति जोगाउन ठुलो चुनौती परेको समेत बताएकी थिइन।
त्यस्तै समाजले सम्पुर्ण कलाकारलाई समेट्दै कला र गलाको सम्मान गरोस भन्ने कामना गर्दै आगामी दिनमा पुरानो समितिले गर्न बाकिरहेका अधुरा कामहरु नया कार्यसमितिले पुरा गरोस भन्ने कामना गर्दै बधाई तथा सुभकामना ब्यक्त गरे ।कार्यक्रमका बिच बिचमा सास्कृतिक मनोरञ्जन दिदै कलाकारहरु तेन्जिङ तामाङ,लक्ष्मी स्यङ्तान लगायतले आफ्नो प्रस्तुतिहरु राखेका थिए।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा सभापति सन्जिब वाइबा तामाङले संस्था संचालनमा आफुलाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै बिस्वमा छरिएर रहेका सम्पूर्ण तामाङ कलाकार हरुलाइ संस्थाभित्र संगठित हुन आग्रह गर्दै यो कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण कार्यसमितिका सदस्यहरु,सल्लाहकारहरु प्रति आभार व्यक्त गरेका थिए । हिजोका दिनमा जसरि सस्थाले आफ्नु शिर झुक्न दिएको थिएन आउने दिनमा पनि यसले निरन्तरता पाउने कुरामा ढुक्क रहेको बताए अन्त्यमा सम्पर्ण आमन्त्रित अतिथि गणहरु तथा नेपाल तामाङ कलाकार संघका सम्पुर्ण कार्यसमितिलाई धन्यबाद दिदै आउने नयाकार्य समितिलाई कार्यकाल सफलताको शुभकामना सहित पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा सस्थाले दुई बर्ष अवधिमा गरेका प्रगति प्रतिवेदन तथ भावी योजना सस्थाका महासचिब विश्व दोङ तामाङ र आर्थिक प्रतिबेदन कोषाध्यक्ष शासिकाल मोक्तान तामाङले प्रस्तुत गर्दा सर्बसहमतिले पारित गरिएको थियो ।अधिबेशन निर्वाचन समितिमा संयोजक -टाँसि लामा, सदस्यहरुमा दिपेन्द्र दोङ र कुमार घिसिङ रहेका थिए।
अन्त्यमा नबनिर्बाचित अध्यक्षले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने र यहि आउँदै गरेको मङ्सिर महिनामा सेलो महोत्सव र तामाङ खाना महोत्सव गर्ने प्रतिबद्धता जनाउदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण पुर्व सचिव बिशाल काल्दन तामाङले गरेका थिए ।