मुग्लानी खबर- १० चैत्र
प्रबासी काभ्रेली एक हौ, कतारमा काभ्रेली कोहि नछुटौ! भन्ने मुल नाराका साथ २०१६ मा स्थापना भएको काभ्रेपलान्चोक सेवा समाज कतारको दोस्रो अधिबेशन दोहा कतारको बेस्ट वेस्टर्न होटलमा मार्च २२ का दिन सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व समाजका निबर्तमान अध्यक्ष नन्द ढुंगानाले गरेका थिए भने कतारका लागि नेपाली राजदुतावासका महामहिम राजदूत प्रा. रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
दोहामा स्थापित विभिन्न संघसंस्थाको प्रतिनिधिहरुलाई विषेश अतिथि, अतिथि बनाएको थियो, कार्यक्रममा समाजसेवी, बुद्दिजिबीहरु, समाजिक तथा बैचारिक, प्रदेश समन्वय समितिका पदाधिकारीहरु र जिल्ला संस्था लगाएतका प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो भने काभ्रेपालाञ्चोक सेवा समाज कतारका सम्पूर्ण सदस्यहरु र काभ्रेपलान्चोक बासीहरुको घना उपस्थिति रहेको थियो। प्र. अतिथि र बिशेष अतिथि हरुबाट संयुक्त रुपमा दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम उद्घाटन गरिएको थियो भने उक्त कार्यकममा काभ्रेपलान्चोक जिल्लालाई समेटेर बनाएको स्मारिका पुस्तिकाको समेत बिमोचन गरेका थियो।
कार्यक्रमको सहजीकरण गौरबराज अधिकारीले गरेका थिए। उपस्थित सम्पुर्णको लागि मनोरञ्जनलाई पनि मध्यनजर राख्दै बिच बिचमा संस्कृतिक प्रस्तुतिहरु समेत समेट्दै अगाडि बढाएको कार्यक्रममा विभिन्न संस्थाको प्रतिनिधिहरुले मन्तब्य राखेका थिए। मन्तब्यका क्रममा प्रमुख अतिथि,बिशेष अतिथि, अतिथि लगायत सम्पुर्ण वक्ताहरुले पुरानो कार्यसमितिलाई धन्यवाद दिदै नव निर्बाचित सम्पुर्ण पदाधिकारी हरुलाई शुभकामना दिएका थिए।
अतिथिहरु कै मन्तब्य राख्ने क्रममा नेपाल प्रवासी तामाङ समाजको सचिबालय सदस्य तथा एनआरएनए एन सि. सि. कतारका प्रबक्ता अशोक सिङतानले उक्त कार्यक्रममा अतिथिलाई अर्पण गरेको ढाकाको खादाको प्रसंगलाइ जोड्दै ढाकाको कपडालाई पनि स्वदेशी उत्पादन भएकोले सम्मान गर्ने तर खादा एउटा पवित्र बस्त्र भएकोले ढाकाको बस्त्रले खादाको रुपमा प्रतिनिधित्व गर्न नसकिने बताउनु भयो। खादाको संस्कृतिक, धार्मिक महत्व,र बास्ताबिकता नबुझिकन खादाको बहिस्कार, अपहेलित गर्न नपाइने र यदि कादा बहिष्कार वा खादाको विरुद्ध कुनै गतिविधि हुन्छ भने कदापि सह्य नहुने बताउदै अहिले समाजिक संजालमा जुन किसिमले अपुष्ट, भ्रामक समाचार हरु प्रवाह भईरहेको छन त्येसप्रती पनि घोर आपत्ति रहेको र खादा लाई नै बिशेष मान्यता राख्नुपर्ने प्रस्ट धारणा राखेका थिए।
अधिवेशन संगै समाजले नव कार्यसमितिहरुको चयन गरिएको थियो जसमा अध्यक्षमा नारायण बिष्ट लाई र्निबिरोध चयन भएका थिए भने विष्टको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष भरत बडाल, द्धि.उपाध्यक्ष सागर अधिकारी , तृ.उपाध्यक्ष कान्छा मान श्रेष्ठ, महासचिव रुप कुमार श्रेष्ठ, सचिव रमेश सापकोटा, कोषाध्यक्ष हरिशरण पण्डित, सह कोषाध्यक्ष नेत्र वाईबा, सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ , ज्ञानेन्द्र राज भारती, नारायण संजेल, राजन ढुङ्गाना, ज्ञान मान लामा, अमित परियार, उद्धव रावत, सविन तामाङ , हर्क बहादुर तामाङ, अर्जुन बहादुर पुलामी, शमसेर तामाङ, मोहन थिङ तामाङ, पृथक तामाङ र बिजय लामा निर्बाचित भएका छन। नयाँ कार्य समितिलाई काभ्रे सेवा समाजका निबर्तमान अध्यक्ष नन्द प्रसाद ढुङगानाले सफल कार्यकालको लागि शुभकामना दिएका थिए। नयाँ कार्यसमिति चयन गर्नका लागि कमल प्रसाद घिमिरेको संयोजकत्वमा माइला वाइबा, गौरबराज अधिकारि र तिर्थ थिङ तामाङ सहितको तीन सदस्यीय निर्वाचन आयोग टोलि गठन गरिएको थियो।