मुग्लानी खबर- चैत्र ३
८ मार्च २०१९ शुक्रबारका दिन, संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको महिला विभागले एसियन टाउन स्थित वाइट हाउस रेष्टुरेन्टको सभाहलमा १०९औं अन्तरर्राष्ट्रि नारी दिवस मनाएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान मञ्च नेपालका केन्द्रिय सदस्य तथा सलिसाम कतारको बिशेष सल्लाहकार समेत रहेका धन प्रसाद सावाको प्रमुख आथित्य रहेको सो कार्यक्रममा महिला विभागकी कार्यवहाक अध्यक्ष विमला राईले सभाध्यक्ष गरेकी थिईन भने, विभागका सदस्य रेखा राईले कार्यक्रम सञ्चालन गरेकी हुन।
नेपालीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विभाग उपाध्यक्ष मञ्जु सावाँले स्वागत मन्तव्य राखेकी थिईन भने, कार्यक्रमको औचित्य बारे सलिसाम कतारका महासचिब डम्बर लिबाङ “मिसेक”ले प्रकाश पारेका थिए।कार्यक्रमको औचित्यको क्रममा महासचिव मिसेकले अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा र नेपाली समाजमा परम पुुर्वकाल देखिनै संस्कृतीको नाममा गरिने लैंङ्गिक हिंसाहरु सतिप्रथा, झुमा प्रथा, देउकी प्रथा, कमलहरी प्रथा, बहुविवाह, मानव बेचबिखन, छाउपडि प्रथा, दाइजो प्रथा, तेजाव छ्याप्ने नकरात्मक प्रवृत्ति, असुरक्षित बैदेशिक रोजगारी, बाल विवाह, बाल श्रम शोषण, सुन्दरी प्रतियोगिता जस्ता विषयहरुनै लैंगिक असमानता अपार पर्खाल भएको जिकिर गर्दै, उक्त बाधक पर्खाललाई तोड्न का निमित्त सचेत महिला तथा पुरुषहरु अग्रसर बन्न आवश्यक रहेको बताए।
गैरआवसिय नेपाली संघ एनआरएनए कतारमा कोषाध्यक्ष उत्तम गुरुङ, नेपाली प्रवासी एकता मञ्च का उपाध्यक्ष चालीलाल राजबंशी, नेपाली जनसम्पर्क समितिका कावा सभापति शंकर न्यौपाने, जन प्रगतिशिल मञ्चकी महिला विभाग प्रमुख गोमा थापा मगर , नेपाली संघीय समाजका पुर्वअध्यक्ष डिएन मगर, नेपाल प्रवासी तराई मधेस मंचका अध्यक्ष मो.हुसैन खान, अन्तराष्ट्रिय सामाजिक मञ्च (नयाँशक्ति)का सचिव पवन राई, नपाली जनप्रगशिल मोर्चाकी महिला विभाग प्रमुख जमुना श्रेष्ठ, विवेकशिल नेपालीकी सदस्य टिका दुलाल, मंगल नेश्नल प्रवास सभाका कावा अध्यक्ष वीरु लामा, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रथम उपाध्यक्ष पुरुस्वतम सुनुवार, नेपाल पत्रकार महासंघका अध्यक्ष करिम बक्स मिया, सन्ध्या ग्रुप अलखोरका महासचिव सन्तोश केसि, समाजसेवीहरु मो. मुत्तादा, विरेन्द्र कुमार याक्थुङबा, डा.पुजा लामा, रेणु कार्की, धिरज चाम्लीङ राई, सुमन राई, पुर्ण लिम्बू, कान्तिपुर मेडिकल सेन्टरका डा.विशाल खतिवडा, किरात याक्थुङ चुम्लुङ कतारकी सदस्य सपना जबेगु, तमु गुरुङ समाज कतारकी महिला विभाग प्रमुख दिलकुमारी गुरुङ, किरात राई यायोख्खा शाखा कतारका सचिव विमल राई, नेपाल प्रवासी तामाङ समाजकी महिला विभाग प्रमुख संगिता थिङ लामा, थारु कल्याणकारी सभा च्याप्टरकी महिला विभाग प्रमुख मञ्जु चौधरी, शान्ति चौधरी सहमहामन्त्रि, सुनुवार सेवा समाज कतारका महासचिव निर ब. सुनुवार, प्रवासी भुजेल सेवा समाजकी प्रतिनिधी जिना भुजेल, तमु प्हेल्यु संघ कतारका सचिव सोनिका गुरुङ, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम सेवा समाज कतारका उपाध्यक्ष मो. उमर आलम, नेपाली मुस्लिम समाज कतारका इ.मो. अयुब, महिला समाजसेवी वहिदा अयुब, धनकुट्टा सेवा समाजका अध्यक्ष ललित लिम्बु, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष भिम बराइली, सुनसरी सुजनशिल परिवारका कोषाध्यक्ष भुपाल राई, संखुवासभा सेवा समाजका अध्यक्ष लोक बहादुर राई, खोटाङ सेवा समाजका कोषाध्यक्ष डिल्लीशेर खड्का, उदयपुर सेवा समाजका उपाध्यक्ष भक्त कटुवाल, घले समाजका सदस्य नन्दमायाँ घले गुरुङ, गायीका बिनिता केशि, मोडल तथा नृत्य निर्देशक राज गुरुङ, नृत्य निर्देशीका सरु गुरुङ, मोडल अर्जुन कुमार,निर्देशक अमित बराईली,सलिसाम कतारका सल्लाहकार देवी थेगुवा, महिला समाजसेबी रमि तामाङ, उपाध्यक्ष जगदीश ढुङेल, अर्थसचिव कुमारसिङ योङ्हाङ, समाजसेवी खगेन्द्र राई, विजय यादब, मतिदेवी बस्नेत, धराने आउट अफ धरान का अध्यक्ष काजिमान राई लगायत अतिथि रहेका कार्यक्रमा दर्जन बडि अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्यको क्रममा देशमा भएको विभिन्न खाले विभेद र लैंङ्गिक असमानताको खाडललाई पुर्ने भन्दै विभिन्न राजनितिक दल र सरोकारवलाहरुले पटक पटक मञ्चमा भाषण गरेता पनि समस्या जस्ताको तस्तै रहेको प्रति महिला बक्ताहरुले आपत्ती जनाउनका साथै महिला माथि गरिने लैंङ्गिक असमानता लगायत अनेकौ विभेदहरु माथि गम्भिर भई यथासिघ्र समाधान का उपायहरु खोजि बैज्ञानिक आधारमा समाजको निर्माण गर्न सरोकारवालाहरुलाई ध्यानाकर्षण समेत गराएका थिए ।
विभिन्न सांस्कृतीक प्रस्तुतीका साथमा सम्पन्न सो कार्यक्रममा सलिसाम कतार अन्तरगतको सांस्कृतीक विभागका कलाकारहरु होम फियाक, राज गुरुङ, सरु गुरुङ, जेनि लिम्बु, उर्मिला लामा, अमृत कुरुम्बाङ, सुजन राई, साजन लिम्बु, सगम लिम्बु, सुकदल लिम्बु, पुनम परियार, उज्वल तामाङ, गुजा गजुरेल, बिनिता केसि, देवी घिमिरे,शजना स्वर्णकार, सुस्मिता, सदिक्षा, थपलिया, सागर विक, सिता सिलवाल, विरेन्द्र याक्थुङबा, टिका लावर, अस्मिता विक, रमेश बिक, भेष धिमाल, कबिना तामाङ, सेलिना गुरुङ, दिपेस गुरुङ लगायत कलाकारहरुले गायण तथा नृत्य प्रस्तुतीहरु प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक बनाएका थिए, भने गणेश क्षेत्री,अप्सरा प्याकुरेल ले नारी मुक्ति सम्बन्धित कबिता समेत वाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा भाग्यशाली चिट्ठा पनि खोलिएको थियो जसमा चिठ्ठा न: ०००१०४(एरि),चिट्ठा न:०००३२०(निरु लामा) सान्त्वना पुरुस्कार,चिट्ठा न: ०००४८७( निरु राई) चौथो,चिट्ठा न:०००१०१(लख बहादुर) तेस्रो,चिट्ठा न:४२१(हर्क बहादुर लिम्बू) दोस्रो र चिट्ठा न:०००३०१(मन्जु ) प्रथम पुरुस्कार बिजेता भएका हुन।प्रबासको भुमिका रहेर पनि कार्यक्रम अत्यन्तै सौहार्द बाताबरण तथा उल्लेख्य सहभागिताको बिचमा भएको थियो।कार्यक्रमकि सभापती बिनिता राईले उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापण गर्दै निरन्तर साथ सहयोग अपेक्ष्या सहित कार्यक्रम समाप्त भएको घोषणा गरेकी थिइन।