काठमाण्डौ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रबि लामिछानेले भारत संग निरिहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने बताएका छन।
भारतले दार्चुला स्थित महाकाली नदीमा एकतर्फी रुपमा महाकाली नदिको बहाव नेपालतर्फ धकेलिने गरी छिमेकी राष्ट्र भारतले अनाधिकृत रुपमा पक्की संरचना बनाउँदै गरेको समचार बाहिरिए पस्चात सांसद लामिछानेले अब नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भैईसकेको र यस्ता किसिमका निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने एक ट्वीट मार्फत जनाएका छन।
सांसद लम्मिछनेले नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।कडा रुपमा जवाफ दिएका छन।उनले भारतसामु सरकारको यो निरीहताको कारण के होला? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्त्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना-पाना पल्टाएर बुँदाबुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन केले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुँदैन सरकार अब यसरी चल्नु हुँदैन, भन्दै उनले अफ्नो ट्वीटर मार्फत सरकारलाई प्रश्न समेत गरेका छन।
महाकाली नदिको बहाव नेपालतर्फ धेकेलेर भारतले अनाधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले नेपाली बालबालिका घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारहरु पछि यस घटनाको घोर आपत्ति जनाउदै बिज्ञप्ति सार्बजनिक समेत गरेको छ।
बिज्ञप्ति जस्ताको तस्तै: